राजस्थानविरुद्ध दिल्लीले पहिले ब्याटिङ रोज्यो, सन्दीपले माैका पाएनन् <p>काठमाडौं। आईपीएलको जारी सिजन चौथो जितको खोजीमा रहेको राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ।</p> <p>दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केही बेरमा सुरु हुने खेलका लागि दिल्लीका कप्तान श्रेयस ऐयरले पहिले ब्याटिङ रोजेका हुन्।</p> <p>नेपाली राष्ट्रिय टोलीका स्पीनर सन्दीप लामिछाने सम्मिलित दिल्ली आजको खेलका जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ।</p> <p>यो सिजनका कुनै पनि खेलमा मौका नपाएका सन्दीप आज पनि टोलीमा परेनन्।</p>
प्रतिक्रिया दिनुहोस्