काठमाडौं। लुइस स्वारेजले पेनाल्टीमा दुई गोल गरे पनि उरुग्वेले विश्वकप छनोट प्रतियोगितामा इक्वेडरलाई ४-२ को नतिजा सुम्पिएको छ।
मोइसिस काइसेडोले गरेको गोलबाट इक्वेडरले १५औं मिनेटमा अग्रता लिएको थियो। ४५औं मिनेटमा माइकल स्ट्राडाले अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा स्ट्राडाले व्यक्तिगत दोस्रो गोल थपे। ७५औं मिनेटमा जोन्जाले प्लाटाले घरेलु टीमको अग्रता फराकिलो बनाए।
८४औं मिनेटमा स्वारेजले पेनाल्टीमा गरेको गोलबाट उरुग्वेले पुनरागमनको प्रयास गरे पनि ढिला भइसकेको थियो। अन्तिम मिनेटमा स्वारेजले पेनाल्टीमा अर्को गोल थपे।
हारपछि दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा उरुग्वे तीन अंकका साथ छैटौं स्थानमा छ। समान तीन अंकको इक्वेडर पाँचौं स्थानमा छ।
अर्को खेलमा राडामेल फाल्काओले अन्तिम मिनेटमा गोल गरेपछि भ्रमणकारी कोलम्बियाले चिलीलाई २-२ को बराबरीमा रोकेको छ।
कोलम्बियाले सातौं मिनेटमा जोफर्सन लेर्माको गोलबाट अग्रता लिएको थियो। ३८औं मिनेटमा अर्टुरो भिडालले पेनाल्टीमा बराबरी गोल फर्काए।
एलेक्सिस सान्चेजले ४२औं मिनेटमा गरेको गोलबाट चिलीले अग्रता लिएको थियो। तर, अन्तिम मिनेटमा फाल्काओले गोल गरेपछि चिलीले बराबरीमा चित्त बुझाउनुपर्यो।
बराबरीसँगै चार अंक जोडेको कोलम्बिया तेस्रो स्थानमा छ भने एक अंक जोडेको चिली सातौं स्थानमा छ।
" /> काठमाडौं। लुइस स्वारेजले पेनाल्टीमा दुई गोल गरे पनि उरुग्वेले विश्वकप छनोट प्रतियोगितामा इक्वेडरलाई ४-२ को नतिजा सुम्पिएको छ।मोइसिस काइसेडोले गरेको गोलबाट इक्वेडरले १५औं मिनेटमा अग्रता लिएको थियो। ४५औं मिनेटमा माइकल स्ट्राडाले अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा स्ट्राडाले व्यक्तिगत दोस्रो गोल थपे। ७५औं मिनेटमा जोन्जाले प्लाटाले घरेलु टीमको अग्रता फराकिलो बनाए।

">