काठमाडौं। लाउटारो मार्टिनेज र वैकल्पिक खेलाडी जोआक्विन कोरेयाको गोलमा अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा आज बिहान बोलिभियालाई २-१ ले पराजित गरेको छ।
अर्जेन्टिनाले १-० ले पछि परेको स्थिति उल्टाएको हो। मार्सेलो मोरेनोको गोलबाट बोलिभियाले २४औं मिनेटमा अग्रता लिएको थियो। इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले ४५औं मिनेटमा बराबरी गोल फर्काए।
वैकल्पिक खेलाडी कोरेयाले खेल सकिन ११ मिनेट बाँकी हुँदा गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो। कोरेया ५९औं मिनेटमा लुकास ओलम्पसको स्थानमा मैदान छिरेका थिए।
यससँगै बेलिभियामा अर्जेन्टिनाले १५ वर्षपछि विजय हासिल गरेको छ। अर्जेन्टिनाले बोलिभियामा पछिल्लो पटक २६ मार्च २००५ मा जितेको थियो। विश्वकप छनोटको उक्त खेलमा पनि अर्जेन्टिनाले २–१ कै नतिजा निकालेको थियो।
जितसँगै अर्जेन्टिना ६ अंकका साथ दोस्रो स्थानमा छ। समान ६ अंकको ब्राजिल शीर्ष स्थानमा छ।
अर्को खेलमा पाराग्वेले भेनेजुयलालाई १–० ले पराजित गर्याे। पाराग्वेको जितमा खेल सकिन चार मिनेट बाँकी रहँदा गास्टोन क्लाउडियो जिमिनेजले गरेको गोल निर्णायक बन्यो। पाराग्वेको चार अंक छ भने भेनेजुयलाले अंक जोड्न सकेको छैन।
" /> काठमाडौं। लाउटारो मार्टिनेज र वैकल्पिक खेलाडी जोआक्विन कोरेयाको गोलमा अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा आज बिहान बोलिभियालाई २-१ ले पराजित गरेको छ।अर्जेन्टिनाले १-० ले पछि परेको स्थिति उल्टाएको हो। मार्सेलो मोरेनोको गोलबाट बोलिभियाले २४औं मिनेटमा अग्रता लिएको थियो। इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले ४५औं मिनेटमा बराबरी गोल फर्काए।

">