काठमाडौं। स्पेन दुई वर्षपछि पहिलोपटक पराजित भएको छ। यूईएफए नेसन्स लिगमा युक्रेन भ्रमणमा निस्केको स्पेन १-० ले पराजित भएको हो।
किभको ओलम्पिक रंगशालामा लिड्स युनाइटेडका फरवार्ड रोड्रिगोको दुई प्रयासलाई युक्रेनका गोलकिपर जिर्जी बुस्चेनले विफल बनाइदिएका थिए। किभ ओलम्पिक त्यही रंगशाला हो जहाँ स्पेनले २०१२ मा युरो कपको उपाधि उचालेको थियो।
स्पेनको २१ वटा प्रहार गोलमा परिणत नहुँदा युक्रेनलाई जिताउन एउटै प्रयास पर्याप्त भयो। युक्रेनको जितमा वैकल्पिक खेलाडी भिक्टोर सेग्यानकोभले ७६औं मिनेटमा गरेको गोल पर्याप्त भयो।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक डेबिड डी हिया सही पोजिसनमा नहुँदा काउन्टरअट्याकमा सेग्यानकोभले सहजै गोल गरेका थिए।
यससँगै लुईस इनरिकेको स्पेन २०१८ नोभेम्बरपछि पहिलो पटक पराजित भयो। त्यतिबेला स्पेन क्रोएसियासँग ३-२ ले पराजित भएको थियो।
हारका बाबजुद स्पेन यूईएफए नेसन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा कायमै छ। स्पेनले चार खेलबाट सात अंक जोडेको छ। समान ६ अंक भएको जर्मनी र युक्रेन क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। पुछारमा रहेको स्विट्जरल्यान्डको दुई अंक छ।
" /> काठमाडौं। स्पेन दुई वर्षपछि पहिलोपटक पराजित भएको छ। यूईएफए नेसन्स लिगमा युक्रेन भ्रमणमा निस्केको स्पेन १-० ले पराजित भएको हो।किभको ओलम्पिक रंगशालामा लिड्स युनाइटेडका फरवार्ड रोड्रिगोको दुई प्रयासलाई युक्रेनका गोलकिपर जिर्जी बुस्चेनले विफल बनाइदिएका थिए। किभ ओलम्पिक त्यही रंगशाला हो जहाँ स्पेनले २०१२ मा युरो कपको उपाधि उचालेको थियो।

">