काठमाडौं। शेन वाट्सन र अम्बती रायडुले ८१ रनको साझेदारीप्रेरित चेन्नई सुपर किंग्सले गएराति इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै प्लेअफको सम्भावना कायमै राखेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। १६७ रनको लक्ष्य जोगाउन चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले सात बलर प्रयोग गरेका थिए। हैदरावादले ८ विकेट गुमाए १४७ रन मात्र बनाउन सक्यो।
जितसँगै चेन्नईले आठ खेलबाट ६ अंक जोडेको छ। हैदरावादको पनि आठ खेलबाट ६ अंक छ। हैदरावाद पाँचौं तथा चेन्नई छैटौं स्थानमा छ।
हैदरावादका केन विलियम्सनले ५७, जोनी बेयरिस्टोले, प्रियम गार्गले १६, रशिद खानले १४ र विजय शंकरले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चेन्नईका सातमध्ये पाँच बलरले विकेट लिए। कार्ण शर्मा र ड्वानी ब्राभोले समान दुई विकेट लिए भने साम कुरान, रविन्द्र जेडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए।
त्यसअघि चेन्नईले पहिलो दुई विकेट चाँडै गुमाए पनि वाट्सन र रायडुले टीमको इनिङ सम्हालेका थिए। दुईले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे।
वाट्सनले ३८ बलमा ४२ रन बनाए भने रायडुले ३४ बलमा ४१ रन बनाए। ओपनिङमा आएका कुरानले ३१ रन बनाउँदा कप्तान धोनीले २१ रन बनाए। जडेजा २५ रनमा अविजित रहे।
हैदरावादका सन्दीप शर्मा, खालिल अहमद र टी नटराजनले समान दुई/दुई विकेट लिए।
" /> काठमाडौं। शेन वाट्सन र अम्बती रायडुले ८१ रनको साझेदारीप्रेरित चेन्नई सुपर किंग्सले गएराति इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै प्लेअफको सम्भावना कायमै राखेको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। १६७ रनको लक्ष्य जोगाउन चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले सात बलर प्रयोग गरेका थिए। हैदरावादले ८ विकेट गुमाए १४७ रन मात्र बनाउन सक्यो।

">