क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि <p>एजेन्सी। पोर्चुगलका कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p>पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले ३५ वर्षीय फरवार्डलाई कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा नतिजा पोजिटिभ आएको घोषणा गरेको छ।</p> <p>अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगलको टोलीमा रहेका रोनाल्डो अहिले सेल्फ-आइसोलेसनमा बसेका छन्। र, उनलाई हालसम्म कुनै पनि लक्षण नदेखिएको एफपीएफले बताएको छ।</p> <p>पोर्चुगलले बुधबार राति युइएफए नेसन्स लिगको समूह सीअन्तर्गत स्वीडेनको सामना गर्दैछ।</p>
प्रतिक्रिया दिनुहोस्