काठमाडौं। दिल्ली क्यापिटल्सका भेट्रान तीव्र गतिका बलर इशान्त शर्माले चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गुमाउने भएका छन्।
चोटका कारण आईपीएलका बाँकी खेल गुमाउने इशान्त दिल्लीका दोस्रा खेलाडी हुन्। यसअघि लेग स्पिनर अमित मिश्रा पनि चोटका कारण टीमबाट बाहिरिएका थिए। इशान्तको करङमा चोट लागेको हो भने मिश्राको औला भाँचिएको थियो।
टेष्ट क्रिकेटमा विशेष दख्खल राख्ने ३२ वर्षे इशान्तले दिल्लीको सातमध्ये एक खेल मात्र खेलेका थिए। आबुधाबीमा सनराइजर्स हैदरावादविरुद्ध चार ओभर बलिङ गरेका इशान्तले २६ रन दिएका थिए। उनले विकेट लिन भने सकेनन्।
‘‘तीव्र गतिका बलर इशान्त शर्मा ७ अक्टोबरमा टीमको ट्रेनिङ गर्ने क्रममा घाइते भएका थिए,’’ दिल्लीले भनेको छ, ‘‘दुर्भाग्य उक्त चोटका कारण उनले आईपीएलका बाँकी खेल गुमाउने भएका छन्।’’
इशान्तले भारतबाट ९७ टेष्ट, ८० एकदिवसीय अन्तर्राष्ट्रिय र १४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिेकट खेलिसकेका छन्।
दुई सिनियर बलर टीमबाट बाहिरिएपछि दिल्लीले उनीहरूको स्थान परिपूर्ति गर्न लागिपरेको छ। यूएईको मैदानमा स्पिनरलाई सहयोगी हुने भएका कारण दिल्ली इशान्त भन्दा मिश्राको बर्हिगमनबाट बढी चिन्तित छ।
दिल्लीलाई विकेटकिपर रिशव पन्तको ह्यामस्ट्रिङ चोटले पनि चिन्तित बनाएको छ। दिल्लीले पछिल्लो खेलमा विकेटकिपर एलेक्स क्यारीलाई राख्नका लागि शिमरोन हेटमेयरलाई टीमबाट हटाएको थियो।
इशान्तको स्थानमा प्रदीप साङवनलाई टीममा राख्ने सम्भावना छ। राजस्थान रोयल्सले विकेटकिपर अनुज रावतलाई रिलिज गर्याे भने दिल्लीले लिने सम्भावना छ।
राजस्थानमा रावतबाहेक पनि तीन विकेटकिपर जोस बट्लर, सञ्जु सामसन र रोविन उथप्पा छन्।
" /> काठमाडौं। दिल्ली क्यापिटल्सका भेट्रान तीव्र गतिका बलर इशान्त शर्माले चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गुमाउने भएका छन्।चोटका कारण आईपीएलका बाँकी खेल गुमाउने इशान्त दिल्लीका दोस्रा खेलाडी हुन्। यसअघि लेग स्पिनर अमित मिश्रा पनि चोटका कारण टीमबाट बाहिरिएका थिए। इशान्तको करङमा चोट लागेको हो भने मिश्राको औला भाँचिएको थियो।

">