काठमाडौं। कप्तान विराट कोहली र एबी डी भिलियर्सले १०० रनको साझेदारी गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले गएराति इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ।
डी भिलियर्सले अविजित ७३ तथा कोहलीले अविजित ३३ रन बनाएपछि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो।
जितसँगै सात खेलबाट १० अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ। समान १० अंक भएका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स रनरेटका आधरमा क्रमशः शीर्ष र दोस्रो स्थानमा छन्। कोलकाता आठ अंकका साथ चौथो स्थानमा छ।

डी भिलियर्स र कोहलीले ७.४ ओभरमा १०० रनको साझेदारी गरे। डी भिलियर्सले ३३ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे। कोहलीले २८ बलमा एक चौकासहित ३३ रन बनाए।
त्यसअघि ओपनर एरोन फिन्च र देवदत्त पाडीक्कले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे। पाडीक्कलले २३ बलमा ३२ रन बनाए। ३७ बलमा ४७ रन बनाएका फिन्चले कोहलीसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।
फिन्च प्रशिद क्रिशनको बलमा आउट भए भने पाडीक्कललाई एन्ड्रयू रसेलले आउट गरे।
१९५ रनको लक्ष्य पछ्याएको कोलकाताका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। शुबमन गिलले ३४ तथा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बैंगलोरका क्रिस मोरिस र वासिङ्टन सुन्दरले समान दुई रन बनाउँदा नवदीप सैनी, मोहम्मद सिराज, युजभेन्द्र चाहल र इसुरु उडानाले एक एक विकेट लिए।
" /> काठमाडौं। कप्तान विराट कोहली र एबी डी भिलियर्सले १०० रनको साझेदारी गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले गएराति इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ।डी भिलियर्सले अविजित ७३ तथा कोहलीले अविजित ३३ रन बनाएपछि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो।

">