काठमाडौं। इर्लिङ ब्राउट हालान्डले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेको दिन नर्वेले गएराति रोमानियामाथि ४-० को सहज विजय हासिल गरेको छ।

यूईएफए नेसन्स लिग ‘बी’ को समूह एकमा नर्वेले रोमानियालाई पराजित गरेको हो। बोरुसिया डर्टमण्टका स्ट्राइकर हालान्डले गरेको गोलबाट नर्वेले १३औं मिनेटमा अग्रता लिएको थियो। आरबी लाइपजिगका एलेक्जेन्डर सोर्लथले ३९औं मिनेटमा अग्रता दोब्बर बनाए।

६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल थपे। २० वर्षे हालान्डले ७४औं मिनेटमा ह्याट्रिक गरे। हालान्डले नर्वेका लागि ६ खेलमा ६ गोल गरिसकेका छन्।

२०१८ सेप्टेम्बरमा बुल्गेरियासँग १-० ले पराजित भएयता नर्वेले पछिल्ला सबै १८ खेलमा गोल गरेको छ। नर्वेले नोभेम्बर १९५० देखी अगस्ट १९५३ सम्म खेलेको २०मध्ये सबै खेलमा गोल गरेको थियो।

जितसँगै नर्वेले तीन खेलबाट ६ अंक जोडेको छ। दोस्रो स्थानको नर्वे र शीर्ष स्थानको अष्ट्रियाको समान ६ अंक छ। चार अंकका साथ रोमानिया तेस्रो स्थानमा छ। एक अंक जोडेको नर्दन आयरल्यान्ड चौथो स्थानमा छ।

गत मंगलबार युरो २०२० प्लेअफ सेमिफाइनलमा सर्वियासँग पराजित भएको नर्वेले अब बुधबार राती नर्दन आयरल्यान्डविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेको दिन नर्वेले गएराति रोमानियामाथि ४-० को सहज विजय हासिल गरेको छ।

यूईएफए नेसन्स लिग ‘बी’ को समूह एकमा नर्वेले रोमानियालाई पराजित गरेको हो। बोरुसिया डर्टमण्टका स्ट्राइकर हालान्डले गरेको गोलबाट नर्वेले १३औं मिनेटमा अग्रता लिएको थियो। आरबी लाइपजिगका एलेक्जेन्डर सोर्लथले ३९औं मिनेटमा अग्रता दोब्बर बनाए।

६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल थपे। २० वर्षे हालान्डले ७४औं मिनेटमा ह्याट्रिक गरे। हालान्डले नर्वेका लागि ६ खेलमा ६ गोल गरिसकेका छन्।

२०१८ सेप्टेम्बरमा बुल्गेरियासँग १-० ले पराजित भएयता नर्वेले पछिल्ला सबै १८ खेलमा गोल गरेको छ। नर्वेले नोभेम्बर १९५० देखी अगस्ट १९५३ सम्म खेलेको २०मध्ये सबै खेलमा गोल गरेको थियो।

जितसँगै नर्वेले तीन खेलबाट ६ अंक जोडेको छ। दोस्रो स्थानको नर्वे र शीर्ष स्थानको अष्ट्रियाको समान ६ अंक छ। चार अंकका साथ रोमानिया तेस्रो स्थानमा छ। एक अंक जोडेको नर्दन आयरल्यान्ड चौथो स्थानमा छ।

गत मंगलबार युरो २०२० प्लेअफ सेमिफाइनलमा सर्वियासँग पराजित भएको नर्वेले अब बुधबार राती नर्दन आयरल्यान्डविरुद्ध खेल्नेछ।

"> हालान्डको ह्याट्रिकमा नर्वेको सहज जित: Dekhapadhi
हालान्डको ह्याट्रिकमा नर्वेको सहज जित
काठमाडौं। इर्लिङ ब्राउट हालान्डले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेको दिन नर्वेले गएराति रोमानियामाथि ४-० को सहज विजय हासिल गरेको छ।

यूईएफए नेसन्स लिग ‘बी’ को समूह एकमा नर्वेले रोमानियालाई पराजित गरेको हो। बोरुसिया डर्टमण्टका स्ट्राइकर हालान्डले गरेको गोलबाट नर्वेले १३औं मिनेटमा अग्रता लिएको थियो। आरबी लाइपजिगका एलेक्जेन्डर सोर्लथले ३९औं मिनेटमा अग्रता दोब्बर बनाए।

६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल थपे। २० वर्षे हालान्डले ७४औं मिनेटमा ह्याट्रिक गरे। हालान्डले नर्वेका लागि ६ खेलमा ६ गोल गरिसकेका छन्।

२०१८ सेप्टेम्बरमा बुल्गेरियासँग १-० ले पराजित भएयता नर्वेले पछिल्ला सबै १८ खेलमा गोल गरेको छ। नर्वेले नोभेम्बर १९५० देखी अगस्ट १९५३ सम्म खेलेको २०मध्ये सबै खेलमा गोल गरेको थियो।

जितसँगै नर्वेले तीन खेलबाट ६ अंक जोडेको छ। दोस्रो स्थानको नर्वे र शीर्ष स्थानको अष्ट्रियाको समान ६ अंक छ। चार अंकका साथ रोमानिया तेस्रो स्थानमा छ। एक अंक जोडेको नर्दन आयरल्यान्ड चौथो स्थानमा छ।

गत मंगलबार युरो २०२० प्लेअफ सेमिफाइनलमा सर्वियासँग पराजित भएको नर्वेले अब बुधबार राती नर्दन आयरल्यान्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्