काठमाडौं। क्रिष्टियानो रोनाल्डो र किलियन एमबाप्पे दुवैले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा युरोपियन विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्सले गोलरहित बराबरी खेलेका छन्।
युभेन्टसका ३५ वर्षे फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १०१ गोल गरिसकेका छन्। तर, उनले युरोपियन च्याम्पियनसिपमा जस्तो प्रदर्शन गएराति दोहोर्‍याउन सकेनन्।
त्यस्तै पीएसजीका फरवार्ड एमबाप्पेले गोलका लागि केही राम्रो अवसर पाए पनि उनको प्रयासलाई पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोले विफल बनाइदिएका थिए।
खेलमा एक हजार दर्शक उपस्थित थिए। तर घरेलु दर्शकले टीमसँग खुशी साट्न पाएनन्।
फ्रान्स र पोर्चुगलबीचको खेलले २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनल सम्झाएको थियो। युरोपियन च्याम्पियनसिपको फाइनलमा पनि फ्रान्स र पोर्चुगल भिडेका थिए। निर्धारित समय गोलरहित बराबरी भएपछि थपिएको ३० मिनेटमा पोर्चुगल विजयी भएको थियो।
त्यसपछि फ्रान्सले २०१८ को विश्वकप उपाधि जितको थियो भने पोर्चुगलले २०१९ मा नेसन्स कपको उपाधि उचालेको थियो।
रोनाल्डोले फ्रान्सविरुद्ध गोल गरेका छैनन्। अन्तिम मिनेटमा उनले गोलको राम्रो अवसर पाएका थिए। तर, रोनाल्डोले वायाँ खुट्टाले हानेको प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाइदिएका थिए।
नेसन्स लिग ‘ए’ को समूह तीनमा रहेको फ्रान्स र पोर्चुगलको समान सात अंक छ। गोलअन्तरका आधरमा पोर्चुगल शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ। क्रोएसिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने अंक जोड्न नसकेको स्विडेन चौथो स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा क्रोएसियाले स्विडेनलाई २-१ ले पराजित गरेको थियो। विश्वकपको फाइनल खेलेको क्रोएसियाका लागि निकोला भ्लासिच र आन्ड्रेज क्रामारिचले गोल गरे। स्विडेनका लागि मार्कुस बर्गले गोल गरेका थिए।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डो र किलियन एमबाप्पे दुवैले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा युरोपियन विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्सले गोलरहित बराबरी खेलेका छन्।
युभेन्टसका ३५ वर्षे फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १०१ गोल गरिसकेका छन्। तर, उनले युरोपियन च्याम्पियनसिपमा जस्तो प्रदर्शन गएराति दोहोर्‍याउन सकेनन्।
त्यस्तै पीएसजीका फरवार्ड एमबाप्पेले गोलका लागि केही राम्रो अवसर पाए पनि उनको प्रयासलाई पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोले विफल बनाइदिएका थिए।
खेलमा एक हजार दर्शक उपस्थित थिए। तर घरेलु दर्शकले टीमसँग खुशी साट्न पाएनन्।
फ्रान्स र पोर्चुगलबीचको खेलले २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनल सम्झाएको थियो। युरोपियन च्याम्पियनसिपको फाइनलमा पनि फ्रान्स र पोर्चुगल भिडेका थिए। निर्धारित समय गोलरहित बराबरी भएपछि थपिएको ३० मिनेटमा पोर्चुगल विजयी भएको थियो।
त्यसपछि फ्रान्सले २०१८ को विश्वकप उपाधि जितको थियो भने पोर्चुगलले २०१९ मा नेसन्स कपको उपाधि उचालेको थियो।
रोनाल्डोले फ्रान्सविरुद्ध गोल गरेका छैनन्। अन्तिम मिनेटमा उनले गोलको राम्रो अवसर पाएका थिए। तर, रोनाल्डोले वायाँ खुट्टाले हानेको प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाइदिएका थिए।
नेसन्स लिग ‘ए’ को समूह तीनमा रहेको फ्रान्स र पोर्चुगलको समान सात अंक छ। गोलअन्तरका आधरमा पोर्चुगल शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ। क्रोएसिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने अंक जोड्न नसकेको स्विडेन चौथो स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा क्रोएसियाले स्विडेनलाई २-१ ले पराजित गरेको थियो। विश्वकपको फाइनल खेलेको क्रोएसियाका लागि निकोला भ्लासिच र आन्ड्रेज क्रामारिचले गोल गरे। स्विडेनका लागि मार्कुस बर्गले गोल गरेका थिए।
"> विश्‍व विजेता फ्रान्स र युरोपियन विजेता पोर्चुगलले बराबरी खेले: Dekhapadhi
विश्‍व विजेता फ्रान्स र युरोपियन विजेता पोर्चुगलले बराबरी खेले
काठमाडौं। क्रिष्टियानो रोनाल्डो र किलियन एमबाप्पे दुवैले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा युरोपियन विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्सले गोलरहित बराबरी खेलेका छन्।
त्यस्तै पीएसजीका फरवार्ड एमबाप्पेले गोलका लागि केही राम्रो अवसर पाए पनि उनको प्रयासलाई पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोले विफल बनाइदिएका थिए।
खेलमा एक हजार दर्शक उपस्थित थिए। तर घरेलु दर्शकले टीमसँग खुशी साट्न पाएनन्।
फ्रान्स र पोर्चुगलबीचको खेलले २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनल सम्झाएको थियो। युरोपियन च्याम्पियनसिपको फाइनलमा पनि फ्रान्स र पोर्चुगल भिडेका थिए। निर्धारित समय गोलरहित बराबरी भएपछि थपिएको ३० मिनेटमा पोर्चुगल विजयी भएको थियो।
त्यसपछि फ्रान्सले २०१८ को विश्वकप उपाधि जितको थियो भने पोर्चुगलले २०१९ मा नेसन्स कपको उपाधि उचालेको थियो।
रोनाल्डोले फ्रान्सविरुद्ध गोल गरेका छैनन्। अन्तिम मिनेटमा उनले गोलको राम्रो अवसर पाएका थिए। तर, रोनाल्डोले वायाँ खुट्टाले हानेको प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाइदिएका थिए।
नेसन्स लिग ‘ए’ को समूह तीनमा रहेको फ्रान्स र पोर्चुगलको समान सात अंक छ। गोलअन्तरका आधरमा पोर्चुगल शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ। क्रोएसिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने अंक जोड्न नसकेको स्विडेन चौथो स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा क्रोएसियाले स्विडेनलाई २-१ ले पराजित गरेको थियो। विश्वकपको फाइनल खेलेको क्रोएसियाका लागि निकोला भ्लासिच र आन्ड्रेज क्रामारिचले गोल गरे। स्विडेनका लागि मार्कुस बर्गले गोल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्