काठमाडौं। रायन गिग्सको वेल्सले युईएफए नेसन्स लिगमा अपराजित यात्रालाई आइतबार रातिसम्म पनि जारी राखेको छ। वेल्सले १० खेलाडीमा सीमित गणतन्त्र आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो।
पहिलो हाफमा आयरल्यान्डका गोलकिपर डारेन रानडोल्फले इथान अमपाडुलाई फाउल गरेपछि वेल्सले पेनाल्टीको अपिल गरेको थियो। तर रेफ्रीले त्यसलाई अस्विकार गरिदिए। ५५ मिनेटसम्म दुवै टीमले गोलको राम्रो सिर्जना गर्न सकेनन्। त्यसपछि आयरल्यान्डका शाने लङले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङले पोष्टले दिशा लिन सकेन।
जेम्स म्याकलेरेनले पाँच मिनेटको अन्तरालमा दुई पहेँलो कार्डको सामना गरेपछि घरेलु टीम आयरल्यान्ड अन्तिम समय १० खेलाडीमा सीमित बनेको थियो। ७९औं मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका म्याकलेरेनले ८४ मिनेटमा दोस्रो पहेँलो कार्डको समना गरे।
पहिलो दुई खेल जितेको वेल्स तीन खेलबाट सात अंक जोड्दै नेसन्स लिग ‘बी’ मा समूह चारको शीर्ष स्थानमा छ। समान खेलबाट दुई अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा छ।
नेसन्स लिग ‘सी’ समूह चारमा काजकिस्तान र अल्बानियाले पनि गोलरहित बराबरी खेले। नेसन्स लिग ‘डी’ समूह एकमा माल्टा र एन्डोराले गोलरहित बराबरी खेले।