काठमाडौं। राहुल तेवाटिया र रियान परागको अविजित ८५ रनको साझेदारी गरेपछि राजस्थान रोयल्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल बनाएको थियो। १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।
राजस्थानले २६ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। सञ्जु सामसन र रोबिन उथप्पाले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरे। सामसनले २६ तथा उथप्पाले १८ रन बनाएर पवेलियन फर्किए। सामसन पवेलियन फर्किंदा राजस्थन ५-७८ रनको स्थितिमा थियो।
त्यसपछि तेवाटिया र परागले ४७ बलमा अविजित ८५ रनको साझेदारी गरेपछि राजस्थान तेस्रो जित निकाल्न सफल भयो। परागले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे भने तेवाटियाले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
हैदरावादका खालील अहमद र रसिद खानले समान दुई विकेट लिए।
त्यसअघि हैदरावादका लागि मनिष पाण्डेले ५४, ओपनर डेबिड वार्नरले ४८, जोनी बेयरिस्टोले १६ तथा प्रियम गार्गले १५ रन बनाउँदा केन विलियम्सनले अविजित २२ रन बनाए।
राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, जयदेव उनडकटले एक एक विकेट लिए।
जितसँगै राजस्थानले सात खेलबाट ६ अंक जोडेको छ। हैदरावादको पनि समान खेलबाट ६ अंक नै छ। समान ६ अंक भए पनि रनरेटका आधारमा हैदरावाद पाँचौं तथा राजस्थान छैटौं स्थानमा छ।
" /> काठमाडौं। राहुल तेवाटिया र रियान परागको अविजित ८५ रनको साझेदारी गरेपछि राजस्थान रोयल्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल बनाएको थियो। १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

">