काठमाडौं। माइकल ओयर्जाबालको गोलमा स्पेनले गएराति युईएफए नेसनस लिगमा स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेको छ। जितसँगै स्पेन नेसन्स लिग ‘ए’ समूह ४ को शीर्ष स्थानमा यथावत छ।
मड्रिडमा सम्पन्न खेलमा रियाल सोसिडाडका फरवार्ड ओयर्जाबालले १४औं मिनेटमा गरेको गोल स्पेनको जितमा निर्णायक बन्यो। ओयर्जाबालले माइकल मेरिनोको पासमा गोल गरेका थिए।
उल्भरह्याम्पटनका एडमा ट्राउरेले स्पेनबाट डेब्यू गरे। २४ वर्षे ट्राउरेले बार्सिलोनाका फरवार्ड अंसु फातीलाई प्रतिस्थापन गरेका थिए। लिभरपुलका जर्दान साकिरीको कोभिड-१९ परिक्षण नेगेटिभ आएपछि स्विट्जरल्यान्डका लागि उपलब्ध भएका थिए।
जितसँगै तीन खेलबाट सात अंक जोडेको स्पेन शीर्ष स्थानमा छ। समान खेलबाट एक अंक जोडेको स्विट्जरल्यान्ड चौथो स्थानमा छ। पाँच अंक जोडेको जर्मनी दोस्रो तथा तीन अंकको युक्रेन तेस्रो स्थानमा छ। गएराति नै सम्पन्न अर्को खेलमा जर्मनीले युक्रेनलाई २-१ ले पराजित गरेको थियो।
" /> काठमाडौं। माइकल ओयर्जाबालको गोलमा स्पेनले गएराति युईएफए नेसनस लिगमा स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेको छ। जितसँगै स्पेन नेसन्स लिग ‘ए’ समूह ४ को शीर्ष स्थानमा यथावत छ।मड्रिडमा सम्पन्न खेलमा रियाल सोसिडाडका फरवार्ड ओयर्जाबालले १४औं मिनेटमा गरेको गोल स्पेनको जितमा निर्णायक बन्यो। ओयर्जाबालले माइकल मेरिनोको पासमा गोल गरेका थिए।

">