काठमाडौं। जर्मनीले अन्तत: यूईएफए नेसन्स लिगमा विजय हासिल गरेको छ।
जर्मनीले २० हजार दर्शक उपस्थित किभ ओलम्पिक रंगशालामा युक्रेनलाई २-१ ले पराजित गरेको हो।
जोचिम लोउको जर्मनी यसअघि प्रतियोगिताका ६ खेलमा पराजित भएको थियो। गएराति म्याथिज जिन्टरको गोलबाट जर्मनीले २०औं मिनेटमा अग्रता लियो। ४९औं मिनेटमा लियोन गोरेज्काले गरेको गोलबाट जर्मनीले अग्रता दोब्बर बनायो।
खेल सकिन १३ मिनेट बाँकी हुँदा रुस्लान मालिनोभस्कीले पेनाल्टीमा गरेको गोलबाट घरेलु टीम युक्रेनले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै यूईएफए नेसन्स लिग ‘ए’ को समूह चारमा रहेको जर्मनीले तीन अंक जोडेको छ। तीन खेलबाट पाँच अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ। युक्रेन भने तीन अंकका साथ तेस्रो स्थानमा छ। समान खेलबाट सात अंक जोडेको स्पेन शीर्ष स्थानमा छ।
दुई वर्षअघिबाट सुरु भएको प्रतियोगितामा यसअघि जर्मनीले कुनै खेल जित्न सकेको थिएन।
७० हजार दर्शक क्षमता रहेको रंगशालामा स्थानीय सरकारले २० हजार दर्शकलाई प्रवेश अनुमति दिएको थियो।
" /> काठमाडौं। जर्मनीले अन्तत: यूईएफए नेसन्स लिगमा विजय हासिल गरेको छ।जर्मनीले २० हजार दर्शक उपस्थित किभ ओलम्पिक रंगशालामा युक्रेनलाई २-१ ले पराजित गरेको हो।

">