काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो टीमका लागि ६ हजार रन पूरा गरेका छन्। कोहलीले अविजित ९० रन बनाएपछि बैंगलोरले गएराती चेन्नई सुपरकिंग्सलाई ३७ रनले पराजित गरेको छ।
कोहलीले ५२ बलमा अविजित ९० रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनाएको थियो। १७० रनको लक्ष्य पछ्याएको चेन्नईले आठ विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो।
चेन्नईका क्रिस मोरिसले चार ओभरमा १९ रन दिएर तीन विकेट तथा वासिङ्टन सुन्दरले तीन ओभरमा १६ रन दिएर दुई विकेट लिएपछि चेन्नईका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अम्बती रायडुले ४२, नारायण जगदीसनले ३३, शेन वाट्सनले १४ तथा कप्तान महेन्द्रसिंह धोनीले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बैंगलोरका मोरिस र सुन्दरबाहेक युजभेन्द्र चाहलले एक विकेट लिए।
त्यसअघि बैंगलोरले ओपनर एरोन फिन्चलाई चाडै गुमाए पनि कोहलीले टीमको इनिङ सम्हाले। उनले अर्का ओपनर देबदत्त पाडिक्कलसँग दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे। पाडिक्कलले ३३ रन बनाए। कोहलीले शिबम दुबेसँग पाँचौ विकेटका लागि ७६ रनको अविजित साझेदारी गरे। दुबे २२ रनमा अविजित रहे।
चेन्नईका शार्दुल ठाकुरले दुई तथा साम कुरान र दीपक चहरले समान एक विकेट लिए।
जितसँगै ६ खेलबाट आठ अंक जोडेको बैंगलोर चौथो स्थानमा छ भने सात खेलबाट चार अंक जोडेको चेन्नई छैटौं स्थानमा छ। ६ खेलबाट १० अंक जोडेको दिल्ली शीर्ष स्थानमा छ।
" /> काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो टीमका लागि ६ हजार रन पूरा गरेका छन्। कोहलीले अविजित ९० रन बनाएपछि बैंगलोरले गएराती चेन्नई सुपरकिंग्सलाई ३७ रनले पराजित गरेको छ।कोहलीले ५२ बलमा अविजित ९० रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनाएको थियो। १७० रनको लक्ष्य पछ्याएको चेन्नईले आठ विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो।

">