काठमाडौं। किंग्स ११ पञ्जाबलाई जित्नका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता थियो। तर ६ बलमा १४ रन जोड्न नसक्दा पञ्जाबले आज इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई दुई रनको नतिजा सुम्पिएको छ।
पञ्जाबलाई १४ रनको आवश्यकता पर्दा क्रिजमा थिए, ग्लेन म्याक्सवेल र मन्दीप सिंह। अन्तिम ओभर लिएर आएर अनुभवी स्पिनर सुनिल नारिन। नारिनको पहिलो बलमा दुई तथा दोस्रो बल डट खेलेका म्याक्सवेलले तेस्रो बलमा चौका हाने। चौथो बल ‘लेगबाई’ भएपछि एक रन आयो।
पञ्जाबलाई अब अन्तिम दुई बलमा सात रन आवश्यकता थियो। नयाँ ब्याट्सम्यान मन्दीपले लामो सट खेले। उनको सटले बाउन्ड्री पार गर्न सकेन। ‘डीप मिडविकेट’मा क्रिस ग्रिनमार्फत क्याच भए।
अब पञ्जाबसँग सुपर ओभरमा लौजानेबाहेक अन्य विकल्प थिएन। त्यसका लागि अन्तिम बलमा छक्का हान्नुपर्ने थियो। म्याक्सवेलले हानेको सट बाउन्ड्रीमै पर्यो। अम्पायरले चौकाको इशारा गरे। पञ्जाब दुई रनले पराजित भयो।
कप्तान केएल राहुलले ७४ तथा मयांक अग्रवालले ५६ बनाए पनि टीमलाई जिताउन सकेनन्। राहुल र अग्रवालले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। निकोलस पूरनले १६ रन बनाउँदा म्याक्सवेल १० रनमा अविजित रहे।
कोलकाताका प्रसिद क्रिशनले तीन विकेट लिए भने नारिनले दुई विकेट लिए।
त्यसअघि कप्तान दिनेश कार्तिक र शुबमन गिलले अर्धशतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।
कार्तिकले २९ बलमा आठ चौका र दुई छक्कासहित ५८ रन बनाए भने गिलले ४७ बलमा पाँच चौका सहित ५७ रन बनाए। इयान मोर्गानले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
किंग्स ११ पञ्जाबका मोहम्मद शामी, आर्शदीप सिंह र रबी विश्नोईले एक एक विकेट लिए।
जितसँगै ६ खेलबाट आठ अंक जोडेको कोलकाता तेस्रो स्थानमा छ। सात खेलबाट दुई अंक जोडेको पञ्जाब पुछारमा छ।
" /> काठमाडौं। किंग्स ११ पञ्जाबलाई जित्नका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता थियो। तर ६ बलमा १४ रन जोड्न नसक्दा पञ्जाबले आज इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई दुई रनको नतिजा सुम्पिएको छ।पञ्जाबलाई १४ रनको आवश्यकता पर्दा क्रिजमा थिए, ग्लेन म्याक्सवेल र मन्दीप सिंह। अन्तिम ओभर लिएर आएर अनुभवी स्पिनर सुनिल नारिन। नारिनको पहिलो बलमा दुई तथा दोस्रो बल डट खेलेका म्याक्सवेलले तेस्रो बलमा चौका हाने। चौथो बल ‘लेगबाई’ भएपछि एक रन आयो।

">