काठमाडौं। रोबर्टो फिर्मिनोको दुई गोलप्रेरित ब्राजिलले आज बिहान विश्वकप छनोट प्रतियोगितामा बोलिभियामाथि ५-० को फराकिलो विजय हासिल गरेको छ।
घरेलु टीम ब्राजिलले माक्विनहोसको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर बनाए। लिभरपुलका फरवार्ड फिर्मिनोले दोस्रो हाफको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। ६६औं मिनेटमा जोसे कारास्कोको आत्मघाती गोलमा ब्राजिलले अग्रता बढायो।
खेल सकिन १७ मिनेट बाँकी हुँदा बार्सिलोनाका फरवार्ड फिलिपे कौटिन्होले अर्को गोल थपे। पीएसजीका फरवार्ड नेइमारले आफूले गोल नगरे पनि दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए।
टिटेको प्रशिक्षणमा रहेको ब्रजिलले नोभेम्बरमा दक्षिण कोरियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेयता कुनै पनि खेल खेलेका थिएन। मार्चका लागि तय भएको खेल कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो।
जितसँगै तीन अंक जोडेको ब्राजिल छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ। समान तीन अंकको कोलम्बिया दोस्रो स्थानमा छ। कोलम्बियाले भेनेजुयलामाथि ३-० को विजय हासिल गरेको थियो। भेनेजुयलाको जितमा लुइस मुरिएलले दुई तथा डुबान जापाटाले एक गोल गरे।
भेनेजुयला नवौं स्थानमा छ भने बोलिभिया दशौं स्थानमा छ।
" /> काठमाडौं। रोबर्टो फिर्मिनोको दुई गोलप्रेरित ब्राजिलले आज बिहान विश्वकप छनोट प्रतियोगितामा बोलिभियामाथि ५-० को फराकिलो विजय हासिल गरेको छ।घरेलु टीम ब्राजिलले माक्विनहोसको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर बनाए। लिभरपुलका फरवार्ड फिर्मिनोले दोस्रो हाफको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। ६६औं मिनेटमा जोसे कारास्कोको आत्मघाती गोलमा ब्राजिलले अग्रता बढायो।

">