काठमाडौं। फ्रेन्च ओपनमा पुरुषतर्फको उपाधि भीडन्तका लागि शीर्ष वरियाताका नोभाक जोकोभिच र दोस्रो वरियाताका राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ।
पहिलो सेमिफाइनलमा स्पेनका नाडालले १२औं वरियाताप्राप्त अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनलाई ३-० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। नाडालले पहिलो दुई सेटमा सहज विजय हासिल गरे पनि अन्तिम सेटमा भने संघर्ष गर्नु परेको थियो।
१३औं फ्रेन्च ओपन उपाधि लक्ष्यमा रहेका ३४वर्षे नाडालले ६-३, ६-३, ७-६(७/०) को सेटमा विजय हासिल गरेका हुन्। नाडालले अब शीर्ष वरियाताका जोकोभिचसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
३३ वर्षे जोकोभिचले पाँचौ वरियाताप्राप्त ग्रिसका स्टेफानो सिटसिपसलाई हराउन पाँच सेटसम्म संघर्ष गर्नुपर्यो। सर्वियाका जोकोभिचले २२वर्षे सिटसिपसलाई ६-३, ६-२, ५-७, ४-६, ६-१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
फ्रान्सको क्ले कोर्टमा जोकोभिचले एक पटक उपाधि जितेका छन्। जोकोभिचले २०१६ मा उपाधि जितेका थिए।
नाडालले भने फ्रान्समा मात्र १२ पटक उपाधि जितिसकेका छन्। नाडालले १९ ग्राण्ड स्लामको उपाधि जितको छन् भने जोकोभिचले १७ पटक ग्राण्ड स्लामको उपाधि जितेका छन्।
" /> काठमाडौं। फ्रेन्च ओपनमा पुरुषतर्फको उपाधि भीडन्तका लागि शीर्ष वरियाताका नोभाक जोकोभिच र दोस्रो वरियाताका राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ।पहिलो सेमिफाइनलमा स्पेनका नाडालले १२औं वरियाताप्राप्त अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनलाई ३-० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। नाडालले पहिलो दुई सेटमा सहज विजय हासिल गरे पनि अन्तिम सेटमा भने संघर्ष गर्नु परेको थियो।

">