काठमाडौं। मार्कुस स्टोइनिसको अलराउन्ड प्रदर्शन तथा सिमरन हेटमेयरको आक्रमक ब्याटिङ र उत्कृष्ट बलिङ प्रदर्शनप्रेरित दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समाथि ४६ रनको विजय हासिल गरेको छ।
जितसँगै ६ खेलबाट १० अंक जोडेको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट आठ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ। चार अंक जोडेको राजस्थान सातौं स्थानमा छ।
दिल्लीको शीर्ष क्रमका ब्याट्सम्यान चाँडै पवेलियन फर्किएपछि सारजाह क्रिकेट रंगशालामा पहिले ब्याटिङ गर्ने टीमले पहिलोपटक २०० रनको स्कोर पार गर्न असफल रह्यो। तर स्टोइनिसले ३९, हेटमेयरले ४५ तथा श्रेयस ऐयरले २१ रन बनाएपछि दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रन बनाउन सफल भयो।
हेटमेयरले २४ बलमा पाँच छक्का र एक चौकासहित ४५ रन बनाए। स्टोनिसले ३० बलमा चार छक्का प्रहार गरे। अक्सर पटेलले १७, हर्शल पटेलले १६ रन बनाए। राजस्थानका जोफ्रा आर्चरले दुई र कार्तिक त्यागी, एन्ड्रयू टाई र राहुल टेवाटियाले एक÷एक विकेट लिए।
कागिसो राबडाले तीन तथा रविचन्द्रन आश्विन र मार्कुस स्टोइनिसले समान दुई÷दुई विकेट लिएपछि १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो।
राजस्थानका टेवाटियाले ३८, ओपनर यशस्बी जैशवालले ३४, स्टिभ स्मिथले २४ र जोस बट्लरले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
" /> काठमाडौं। मार्कुस स्टोइनिसको अलराउन्ड प्रदर्शन तथा सिमरन हेटमेयरको आक्रमक ब्याटिङ र उत्कृष्ट बलिङ प्रदर्शनप्रेरित दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समाथि ४६ रनको विजय हासिल गरेको छ।जितसँगै ६ खेलबाट १० अंक जोडेको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट आठ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ। चार अंक जोडेको राजस्थान सातौं स्थानमा छ।

">