काठमाडौं। इजरायलमाथि पेनाल्टी सुटआउटमा विजय हासिल गरेपछि स्कटल्यान्डको युरो २०२० आशा जिवित बनेको छ। स्कटल्यान्ड अब युरो २०२० बाट एक खेलमात्र पछाडि छ।
पेनाल्टी सुटआउटमा केनी म्याकलेरेनको गोल निर्णायक गोल गरेका थिए। त्यसअघि इजरालयका इरान जाहबीले गोल गर्न सकेका थिएनन्।
निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा रोकिएपछि खेल थप समयतर्फ धकेलिएको थियो। थपिएको ३० मिनेटमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो। कोरोना भाइरस संक्रमणका कारण स्कटल्यान्डका सात खेलाडी इजरायलविरुद्धको खेलमा उपलब्ध थिएनन्।
यससँगै स्कटल्यान्डले अपराजित यात्रालाई ६ खेलसम्म लम्बाएको छ। स्कटल्यान्डले १९९८ पछि पहिलोपटक ठूलो प्रतियोगितामा स्थान बनाउन लागेको हो। स्कटल्यान्डले अब १२ नोभेम्बरमा सर्वियाविरुद्ध प्लेअफ फाइनल खेल्नेछ।
सर्वियाले गएराति सम्पन्न खेलमा नर्वेलाई २-१ ले पराजित गरेको थियो। निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो। थप ३० मिनेट समयको १२औं मिनेटा सर्गेज मिलिनकोभिक साभिकले गरेको गोल सर्वियाको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। इजरायलमाथि पेनाल्टी सुटआउटमा विजय हासिल गरेपछि स्कटल्यान्डको युरो २०२० आशा जिवित बनेको छ। स्कटल्यान्ड अब युरो २०२० बाट एक खेलमात्र पछाडि छ।पेनाल्टी सुटआउटमा केनी म्याकलेरेनको गोल निर्णायक गोल गरेका थिए। त्यसअघि इजरालयका इरान जाहबीले गोल गर्न सकेका थिएनन्।

">