काठमाडौं। लियोनल मेसीको गोलमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को छनोट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १-० को विजय हासिल गरेको हो।
अर्जेन्टिनाले कतार विश्वकप यात्राको थालनी गत मार्चबाट नै गर्ने तय थियो। तर कोभिड-१९ महामारीका कारण छनोट चरणका खेल पछाडि धकेलिएको थियो।
अर्जेन्टिनाको जितमा कप्तान मेसीले १३औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। लुकास ओकम्पसलाई इक्वेडरका रक्षक पेर्भिसले स्टुपिनानले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी अवसर पाएको थियो। जसलाई मेसीले गोलमा परिणत गरेका थिए।
६ पटक बालोन डी’ओर अवार्ड जितेका ३३ वर्षे मेसीले अर्जेन्टिनाका लागि ७१औं गोल गरे। यससँगै अर्जेन्टिनाले अपराजित यात्रालाई आठ खेलसम्म लम्बाएको छ।
मेसी, लाउटारो मार्टिनेज र रोड्रिगो डी पाउलले पहिलो रोजाईमा स्थान बनाए। युभेन्टसका पाउलो डीबालाले पेट दुखेको कारण अन्तिममा नाम फिर्ता गरिएको थियो।
जितसँगै तीन अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। समान तीन अंक जोडेको उरुग्वे शीर्ष स्थानमा छ। इक्वेडर भने दशौं स्थानमा छ।
" /> काठमाडौं। लियोनल मेसीको गोलमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को छनोट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १-० को विजय हासिल गरेको हो।अर्जेन्टिनाले कतार विश्वकप यात्राको थालनी गत मार्चबाट नै गर्ने तय थियो। तर कोभिड-१९ महामारीका कारण छनोट चरणका खेल पछाडि धकेलिएको थियो।

">