काठमाडौं। डोमिनिक कलभर्ट-लेविनले डेब्यू खेलमा गोल गरेको दिन इङ्ल्यान्डले गएराति वेम्बलीमा सम्पन्न मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले पराजित गरेको छ।
एभर्टनका स्ट्राइकर कलभर्ट-लेविनले ज्याक ग्रेलीशको पासमा गरेको गोलबाट इङ्ल्यान्डले २६औं मिनेटमा अग्रता लिएको थियो। कलभर्ट-लेविनले जारी सिजन एभर्टनका लागि १० गोल गरिसकेका छन्। घरेलु टीमका लागि ग्रेलीशले उत्कृष्ट प्रदर्शन गरे।
दोस्रो हाफको आठौं मिनेटमा ग्रेलीशलाई विपक्षी खेलाडीले फाउल गरेपछि इङ्ल्यान्डले फ्रीकिक पायो। जसमा केइरन ट्रिपरको सुन्दर फ्रीकिकलाई कोनोर कोडीले पोष्टका दिशा दिए। कोडीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
६३औं मिनेटमा ड्यानी इङ्सले अर्को गोल थपेपछि इङ्ल्यान्डको जित पक्का भएको थियो। इङ्सले टेरोन मिङ्सको पासमा गोल गरेका थिए।
यससँगै इङ्ल्यान्ड वेल्सविरुद्ध पछिल्लो ६ खेलमा सतप्रतिशत नतिजा निकाल्न सफल भयो। यसअघि मार्च १९०८ देखी मार्च १९१४को बीचमा इङ्ल्यान्डले वेल्सलाई लगातार सात खेलमा पराजित गरेको थियो। वेल्स भने १९७३ पछि पहिलो पटक इङ्ल्यान्डसँग ३-० को अन्तरमा पराजित भयो।
इङ्ल्यान्डले अब आइतबार राति युईएफए नेसन्स लिगमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। वेल्सले आयरल्यान्डसँग खेल्नेछ।
बेल्जियमले गएराति नै सम्पन्न मैत्रीपूर्ण खेलमा आइभोरीकोष्टसँग १-१ को बराबरी खेल्यो। बेल्जियमले ५३औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन।
बेल्जियमले मिचे बात्सुईको गोलबाट अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी हुँदा फ्रांक केसिइले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।
" /> काठमाडौं। डोमिनिक कलभर्ट-लेविनले डेब्यू खेलमा गोल गरेको दिन इङ्ल्यान्डले गएराति वेम्बलीमा सम्पन्न मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले पराजित गरेको छ।एभर्टनका स्ट्राइकर कलभर्ट-लेविनले ज्याक ग्रेलीशको पासमा गरेको गोलबाट इङ्ल्यान्डले २६औं मिनेटमा अग्रता लिएको थियो। कलभर्ट-लेविनले जारी सिजन एभर्टनका लागि १० गोल गरिसकेका छन्। घरेलु टीमका लागि ग्रेलीशले उत्कृष्ट प्रदर्शन गरे।

">