काठमाडौं। फ्रेन्च ओपनको उपाधि भिडन्तका लागि सोफिया केनिन र इगा स्विटेकले प्रतिस्पर्धा गर्ने भएका छन्। अमेरिकाकी केनिन अस्ट्रेलियन ओपन विजेता हुन् भने पोल्यान्डकी स्विटेक ग्राण्ड स्लाम टेनिमा पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भइन्।
१९ वर्षीया स्विटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई हराउन ७० मिनेट समय लगाएकी थिइन्। यससँगै उनी फ्रेन्च ओपनको फाइनलमा स्थान बनाउने पहिलो पोल्यान्डकी खेलाडी बनिन्। स्विटेकले पोडोरोस्कालाई ६-२, ६-१ सेटमा हराएकी हुन्।
अमेरिकाकी २१ वर्षीया केनिनले चेक गणतन्त्रकी पेत्रा कोभितोभामाथि ६-४, ७-५ को सेटमा विजय हासिल गरिन्। चौथो वरियाता प्राप्त केनिनले चार वर्षअघि जुनियरतर्फको फाइनलमा पनि स्विटेकविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन्।
‘‘केनिनले यो वर्ष राम्रो टेनिस खेलिरहेकी छिन्,’’ विश्व वरियाताको १३१औं स्थानमा रहेकी पोडोरोस्कालाई पराजित गरेपछि स्विटेकले भनिन्, ‘‘अहिले म त्यसबारे केही सोच्न चाहन्न। फाइनलमा स्थान बनाउन पाउँदा म खुशी छु।’’
चौथो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेको कारण पनि स्विटेकलाई फाइनलमा अस्ट्रेलियन ओपन विजेता केनिनविरुद्ध खेल्न कुनै दबाब छैन।
‘‘मलाई आश्चर्य लागिरहेको छ,’’ फाइनल यात्राबारे स्विटेकले भनिन्, ‘‘तर ग्राण्ड स्लामको फाइनल पुगे भने त्यो फ्रेन्च ओपन हुने छ भनेर म सधै सोच्थे। अहिले त्यो सपना साकार भएजस्तो लागेको छ। मैले आजको खेललाई सेमिफाइनल नभई पहिलो चरणको खेल सोचेर खेले। जसका कारण दबाब हावी हुन पाएन।’’
अमेरिकाकी केनिनले दुई पटककी विम्बल्डन विजेता केभितोभालाई हराउँदै फाइनल स्थान बनाएकी हुन्। सातौं वरियाताप्राप्त केभितोभालाई हराउन केनिनले एक घण्टा ४५ मिनेट समय लगाएकी थिइन्।
‘‘केभितोभा कठिन प्रतिद्वन्द्वी हुन्,’’ केनिनले भनिन्, ‘‘उनी आक्रमक टेनिस खेल्छिन्। उनको सर्भिस पनि राम्रो छ। त्यसैले केभितोभालाई हराउँदै फाइनलमा स्थान बनाउन पाउँदा मलाई गर्व लागेको छ। आजको खेल उत्कृष्ट रह्यो। म खुशी छु।’’
" /> काठमाडौं। फ्रेन्च ओपनको उपाधि भिडन्तका लागि सोफिया केनिन र इगा स्विटेकले प्रतिस्पर्धा गर्ने भएका छन्। अमेरिकाकी केनिन अस्ट्रेलियन ओपन विजेता हुन् भने पोल्यान्डकी स्विटेक ग्राण्ड स्लाम टेनिमा पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भइन्।१९ वर्षीया स्विटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई हराउन ७० मिनेट समय लगाएकी थिइन्। यससँगै उनी फ्रेन्च ओपनको फाइनलमा स्थान बनाउने पहिलो पोल्यान्डकी खेलाडी बनिन्। स्विटेकले पोडोरोस्कालाई ६-२, ६-१ सेटमा हराएकी हुन्।

">