काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। जोकोभिचले पाब्लो कारेनो बुस्टालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
सर्वियाका जोकोभिच घाँटीमा टेप लगाएर कोर्टमा आएका थिए। उनले बाँया बाइसेपमा लगातार मसाज गरिरहेका थिए। उनी पहिलो सेटमा ४-६ को स्कोरमा पराजित भएका थिए। पहिलो सेट हारे पनि बाँकी सेटमा भने जोकोभिचले उत्कृष्ट पुनरागमन गरे।
जोकोभिचले बाँकी सेट ६-२, ६-३, ६-४ को स्कोरमा विजय हासिल गरेका हुन्। गत महिना सम्पन्न युएस ओपनमा पनि जोकोभिच र कारेनो बुष्टाबीच प्रतिस्पर्धा भएको थियो। जोकोभिचले बाहिर फालेको बलले जर्ज रेफ्रीको घाँटीमा लागेपछि उनी कारबाहीमा परेका थिए।
‘‘कोर्टमा आउँदा आज मैले राम्रो महसुस गरेको थिइनँ,’’ ३३ वर्षीय जोकोभिचले भने, ‘‘वार्मअप गर्दा केही समस्या देखियो। जसका कारण फिजियो गर्नुपर्यो। तर खेल्दै जाँदा दुखाइ कम हुँदै गयो।’’
जोकोभिचले अब फाइनल प्रवेशका लागि स्टेफानो सिटसिपासविरुद्ध खेल्ने छन्। पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानो सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन्। उनले रूसका एन्ड्रे रूबलेभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
सिटसिपास र १३औं वरीयता प्राप्त रूबलेभबीचको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। तर २२ वर्षीय सिटसिपासले ७-५ को स्कोरमा पहिलो सेट आफ्नो पक्षमा पारे। बाँकी सेटमा रूबलेभ कमजोर देखिए। बाँकी दुई सेटमा सिटसिपासले ६-२, ६-३ को स्कोरमा विजय हासिल गरे।
‘‘म धेरै खुसी छु। आज म खेल नियन्त्रणमा राखेर उनीमाथि हाबी हुन सकेँ,’’ अन्तिम चारको प्रतिद्वन्द्वीबारे सिटसिपासले भने, ‘‘मलाई थाहा छ अबको प्रतिद्वन्द्वी सहज छैनन्। म स्मार्ट टेनिस खेल्ने छु। हेरौं कहाँसम्म पुगिन्छ।’’