काठमाडौं। प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ।
आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता असोज २६ र २७ मा हुँदैछ।
अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी ४४ टिमका २०८ खेलाडीले कौशल प्रर्दशन गर्ने आयोजक मध्येको एक कागेश्वरी मनोहराका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन्। पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता पार्वती गुरुङ, सन्जिला तिम्सिना, सुशिला राई, स्वस्तिका तामाङलगायत अन्य पदक विजेताको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा हुन लागेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार दिइने छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन्।
सहभागीमध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ। यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो युट्युबमा राखिने छ।
त्यसमध्ये सर्वाधिक हेरिएको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ। यसको नतिजा कार्तिक ४ मा सार्वजतिक गरिने छ। प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने छन्।
" /> काठमाडौं। प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ।आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता असोज २६ र २७ मा हुँदैछ।

">