काठमाडौं। क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र स्पेनले गएराति मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छन्। पोर्चुगलको दुई वटा राम्रो प्रयास क्रसबारमा लागेर फर्किएपछि बराबरीमा चित्त बुझाउनु परेको थियो।
दोस्रो हाफमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने रेनाटो सान्चेजको प्रयासमा पनि क्रसबार बाधक बनेको थियो।
पहिलो हाफमा भने स्पेनले खेल नियन्त्रणमा राखेको थियो। लिड्स युनाइटेडका फरवार्ड रोड्रिगोको प्रयासले पोष्टको दिशा लिन सकेन भने ड्यानी ओल्मोको प्रहार पोर्चुगलका गोलकिपर रूई प्याट्रिसियाले बचाइदिएका थिए।
स्पोर्टिङ लिस्बनको ५० हजार दर्शक क्षमता भएको जोजे अल्भालेड रंगशालामा दुई हजार ५०० सय दर्शक उपस्थित थिए। २०१८ को विश्वकपपछि दुई टीम पहिलोपटक आमनेसामने भएका हुन्। विश्वकपमा रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल र स्पेनले ३–३ को बराबरी खेलेका थिए।
उल्भरह्याम्पटनका विंगर एडम ट्राउरेले स्पेनबाट डेब्यू गरे। उनी ६२औं मिनेटमा सर्जियो बुस्केटको स्थानमा मैदान छिरेका थिए। स्पेनले नियमित कप्तान सर्जियो रामोसलाई पनि बेन्चमा राखेको थियो। खेल सकिन नौ मिनेट बाँकी हुँदा मैदान छिरेका रामोसले स्पेनका लागि १७३औं खेल खेले।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र स्पेनले गएराति मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छन्। पोर्चुगलको दुई वटा राम्रो प्रयास क्रसबारमा लागेर फर्किएपछि बराबरीमा चित्त बुझाउनु परेको थियो।दोस्रो हाफमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने रेनाटो सान्चेजको प्रयासमा पनि क्रसबार बाधक बनेको थियो।

">