काठमाडौं। पेत्रा केभितोभा २०१२ पछि पहिलोपटक फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्। चेक गणतन्त्रकी केभितोभाले जर्मनीकी लाउरा सिइजमण्डलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएकी हुन्।
सातौं वरीयता प्राप्त केभितोभाले जारी सिजन फ्रेन्च ओपनमा कुनै पनि सेट गुमाएकी छैनन्। त्यसै क्रममा ३० वर्षीया केभितोभाले गएराति सिइजमण्डमाथि ६-३, ६-३ को सहज विजय हासिल गरिन्। २०१६ मा घरमै चक्कुको आक्रमणमा परेकी केभितोभा त्यपछि पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छिन्।
केभितोभाले अब फाइनल यात्राका लागि अमेरिकाकी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्ने छिन्। अस्ट्रेलियन ओपन विजेता केनिनले ड्नियल कोलिन्सलाई ६-४, ४-६, ६-० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन्।
" /> काठमाडौं। पेत्रा केभितोभा २०१२ पछि पहिलोपटक फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्। चेक गणतन्त्रकी केभितोभाले जर्मनीकी लाउरा सिइजमण्डलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएकी हुन्।सातौं वरीयता प्राप्त केभितोभाले जारी सिजन फ्रेन्च ओपनमा कुनै पनि सेट गुमाएकी छैनन्। त्यसै क्रममा ३० वर्षीया केभितोभाले गएराति सिइजमण्डमाथि ६-३, ६-३ को सहज विजय हासिल गरिन्। २०१६ मा घरमै चक्कुको आक्रमणमा परेकी केभितोभा त्यपछि पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छिन्।
केभितोभाले अब फाइनल यात्राका लागि अमेरिकाकी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्ने छिन्। अस्ट्रेलियन ओपन विजेता केनिनले ड्नियल कोलिन्सलाई ६-४, ४-६, ६-० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन्।
">