काठमाडौं। युगान्डाका जोशुवा चेप्तेगीले स्पेनको भ्यालेन्सियामा सम्पन्न प्रतियोगितामा १० हजार मिटरको दौडमा विश्व कीर्तिमान बनाएका छन्। त्यस्तै महिला पाँच हजार मिटर दौडमा इथोपियाकी लेटेसेनबेट गिडेले विश्व कीर्तिमान बनाएकी छिन्।
२४ वर्षे चेप्तेगीले २६ मिनेट ११.०० सेकेण्डमा दूरी पार गर्दै १५ वर्षदेखिको कीर्तिमान भंग गरेका हुन्। १५ वर्षअघि केनेनिसा बेकेलेले बनाएको २६ मिनेट १७.५३ सेकेण्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए।
‘‘म खुसी छु,’’ दोहामा सम्पन्न २०१९ को वल्र्ड च्याम्पियनसिपमा १० हजार मिटरको दौडमै रजत पदक जितेका चेप्तेगीले भने, ‘‘यो मेरो लामो समयदेखिको सपना थियो। आज यति ठूलो उपलब्धि हासिल गर्न सफल भएँ।’’

पछिल्लो १० महिनामा चेप्तेगीको यो चौथो विश्व कीर्तिमान हो। उनले गत डिसेम्बरमा १० किलोमिटर फेब्रुअरीमा पाँच किलोमिटर दौडमा विश्व कीर्तिमान बनाएका थिए। त्यस्तै अगस्टमा सम्पन्न मोनाको डायमण्ड लिगमा चेप्तेगीले पाँच हजार मिटरमा बेकेलेकै कीर्तिमान भंग गरेका थिए। पाँच मिनेटमा चेप्तेगीले १६ वर्षदेखिको कीर्तिमानभन्दा दुई सेकेण्ड चाँडो दूरी पुरा गरी विश्व कीर्तिमान बनाएका थिए।
२२ वर्षीया गिडेले १५ मिनेट ६.६२ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। उनले यसअघि २००८ मा तिरुनेश डिबाबाले बनाएको १४ मिनेट ११.१५ सेकेण्डको कीर्तिमान तोडेकी हुन्।
चेप्तेगी र गिडेले दुई विश्व कीर्तिमान बनाउँदा भ्यालेन्सियाको टुरिया रंगशालामा ४०० दर्शक उपस्थित थिए।
" /> काठमाडौं। युगान्डाका जोशुवा चेप्तेगीले स्पेनको भ्यालेन्सियामा सम्पन्न प्रतियोगितामा १० हजार मिटरको दौडमा विश्व कीर्तिमान बनाएका छन्। त्यस्तै महिला पाँच हजार मिटर दौडमा इथोपियाकी लेटेसेनबेट गिडेले विश्व कीर्तिमान बनाएकी छिन्।२४ वर्षे चेप्तेगीले २६ मिनेट ११.०० सेकेण्डमा दूरी पार गर्दै १५ वर्षदेखिको कीर्तिमान भंग गरेका हुन्। १५ वर्षअघि केनेनिसा बेकेलेले बनाएको २६ मिनेट १७.५३ सेकेण्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए।

">