काठमाडौं। राहुल त्रिपाठीको ८१ रनप्रेरित कोलकाता नाइटराइडर्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।
त्रिपाठीले ५१ बलमा ८१ रन बनाएपछि शेख जायद रंगशालामा टस जिटेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो। १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
जितसँगै पाँच खेलबाट ६ अंक जोडेको कोलकाता तेस्रो स्थानमा छ। सामान ८ अंक जोडेका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्रमशः शीर्ष र दोस्रो स्थानमा छन्। ६ खेलबाट चार अंक जोडेको चेन्नई पाँचौं स्थानमा छ।
कोलकाताका त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानले २० भन्दा माथिको स्कोर बनाउन सकेनन्। त्रिपाठीले आठ चौका र तीन छक्का प्रहार गरे। सुनिल नारिनले १७, दिनेश कार्तिकले १२ र शुबमन गिलले ११ रन बनाउँदा पेट कुमिन्स १७ रनमा अविजित रहे। चेन्नईका ड्वाने ब्रोभोले तीन विकेट लिँदा साम कुरान, शार्दुल ठाकुर र कर्ण शर्माले समान दुई÷दुई विकेट लिए।
चेन्नईका वाट्सनले ४० बलमा ६ चौका र एक छक्कासहित ५० बनाए। अम्बति रायडुले ३० रन बनाउँदा कुरान र फाप डुप्लेसिसले समान १७ रन जोडे। कप्तान महेन्द्रसिंह धोनीले ११ रन बनाए भने रविन्द्र जडेजा २१ तथा केदार जाधव सात रनमा अविजित रहे।
कोलकाताका शिभव माबीले दुई विकेट लिए भने बरुण खक्राबर्ती, नारिन र आन्द्रे रसेलले समान एक÷एक विकेट लिए।
" /> काठमाडौं। राहुल त्रिपाठीको ८१ रनप्रेरित कोलकाता नाइटराइडर्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।त्रिपाठीले ५१ बलमा ८१ रन बनाएपछि शेख जायद रंगशालामा टस जिटेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो। १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

">