काठमाडौं। रोजर फेडेररको २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने लक्ष्यमा रहेका राफेल नाडालले ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएका छन्।
इटालीका १९ वर्षे जानिक सिनरले १२ पटकको उपाधि विजेता नाडाललाई पहिलो सेटमा कडा टक्कर दिएका थिए। स्पेनका नाडालले पहिलो सेट जित्न ट्राइब्रेकरमा जानु परेको थियो।
दोस्रो वरीयताका नाडालले पहिलो सेट ७–६(७/४) को स्कोरमा जितेका थिए। बाँकी सेटमा भने नाडालले सहजै खेल आफ्नो पक्षमा पारे।
नाडालले बाँकी सेट ६–४, ६–१ को सेटमा जिते। नाडालले अब फाइनल प्रवेशका लागि डिएगो श्वार्ट्जमनविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। अर्जेन्टिनाका श्वार्ट्जमनले गत महिना रोममा नडाललाई पराजित गरेका थिए।
तथापि नाडालले फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएपछि उपाधि जितेको इतिहास छ।
‘‘सिनर धेरै प्रतिभावान युवा खेलाडी हुन्,’’ फ्रेन्च ओपनमा १००औं खेल खेलेका नाडालले भने, ‘‘पहिलो दुई सेट मलाई गाह्रो भएको थियो। र पहिलो सेटमा भाग्यमानी रहे। ६–५ ले पछाडी परेर पनि मैले नतिजा आफ्नो पक्षमा पार्न सफल भए।’’
" /> काठमाडौं। रोजर फेडेररको २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने लक्ष्यमा रहेका राफेल नाडालले ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएका छन्।इटालीका १९ वर्षे जानिक सिनरले १२ पटकको उपाधि विजेता नाडाललाई पहिलो सेटमा कडा टक्कर दिएका थिए। स्पेनका नाडालले पहिलो सेट जित्न ट्राइब्रेकरमा जानु परेको थियो।

">