काठमाडौं। लिभरपुलका मिडफिल्डर जर्दान साकिरी कोरोनाभाइरस संक्रमित भएका छन्। स्विट्रजरल्यान्ड फुटबल संघले साकिरी कोरोनाभाइरस संक्रमित भएको जनाएको हो।
२८ वर्षीय साकिरी अन्तर्राष्ट्रिय खेलका लागि स्विट्जरल्यान्ड गएका थिए। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। कोरोनाभाइरस संक्रमित हुने साकिरी लिभरपुलका तेस्रा खेलाडी हुन्। यसअघि साविक विजेता लिभरपुलका थियागो एलकान्ट्रा र साडियो मानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएका थिए।
साकिरीले लिभरपुलका लागि जारी सिजन एक खेलेका छन्। उनले २४ सेप्टेम्बरमा लिग कपमा लिनकोनविरुद्ध खेलेका थिए। साकिरी यस सिजन प्रिमियर लिगको टीममा परेका छैनन्। स्विट्जरल्यान्डमा लक्षण देखिएपछि कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्छ।
स्विट्जरल्यान्डले बुधबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ भने अक्टोबरमा १० मा स्पेन र १३ मा जर्मनीविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। लिभरपुलका मिडफिल्डर जर्दान साकिरी कोरोनाभाइरस संक्रमित भएका छन्। स्विट्रजरल्यान्ड फुटबल संघले साकिरी कोरोनाभाइरस संक्रमित भएको जनाएको हो।२८ वर्षीय साकिरी अन्तर्राष्ट्रिय खेलका लागि स्विट्जरल्यान्ड गएका थिए। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। कोरोनाभाइरस संक्रमित हुने साकिरी लिभरपुलका तेस्रा खेलाडी हुन्। यसअघि साविक विजेता लिभरपुलका थियागो एलकान्ट्रा र साडियो मानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएका थिए।

">