सुदूरपश्चिम। धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ।
एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रतियोगिता शुरू भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टीमसहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरूआत भएको थियो। विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरूको अक्शन (बोलकवोल) गर्दै आ-आफ्नो टीममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत शुरूआत भएको थियो।
विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन्। रासस
" /> सुदूरपश्चिम। धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ।एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।

">