काठमाडौं। ओपनर क्विन्टन डी ककको अर्धशतक तथा ट्रेन्ट बोल्टको कसिलो बलिङप्रेरित मुम्बई इन्डियन्सले आज सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ। जितसँगै साविक विजेता मुम्बई शीर्ष स्थानमा उक्लिएको छ।
डी ककले ३९ बलमा ६७ रन बनाएपछि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मुम्बई निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले सात विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।
४८ रन बनाउँदा दुई विकेट गुमाएको मुम्बईका डी कक र इशान किशनले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टीमको इनिङ उकासेका थिए। डी ककले त्यसअघि सुर्यकुमार यादवसँग दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
सूर्यकुमारले २७ रन बनाउँदा इशानले ३१ रन जोडे। हार्दिक पाण्डेयले २८ रन बनाउँदा किरन पोलार्ड २५ तथा क्रुनाल पाण्डेय २० रनमा अविजित रहे। हैदरावादका सन्दीप शर्माले दुई विकेट लिँदा सिद्वार्थ कौल र रशिद खानको नाममा एक एक विकेट रह्यो।
बोल्ट र जेम्स प्याटिन्सनले कसिलो बलिङ गरेपछि हैदरावादका कप्तान डेबिड वार्नर बाहेक अन्यले खुलेर खेल्न सकेनन्। २०९ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि वार्नरले ४४ बलमा ६० रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
जोनी बेयरिस्टोले १८, मनिष पाण्डेयले ३०, अब्दुल सामदले २० तथा अभिषेक शर्माले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मुम्बईका बोल्टले तीन ओभरमा २४ रन दिएर दुई विकेट लिए भने प्याटिन्सनले चार ओभरमा २९ रन दिएर दुई विकेट लिए। जसप्रित बुमराहले चार ओभरमा ४१ रन दिएर दुई विकेट लिए। क्रुनालको नाममा एक विकेट रह्यो।
जितसँगै पाँच खेलबाट ६ अंक जोडेको मुम्बई शीर्ष स्थानमा छ भने समान खेलबाट चार अंक जोडेको हैदारावाद छैटौं स्थानमा छ।
" /> काठमाडौं। ओपनर क्विन्टन डी ककको अर्धशतक तथा ट्रेन्ट बोल्टको कसिलो बलिङप्रेरित मुम्बई इन्डियन्सले आज सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ। जितसँगै साविक विजेता मुम्बई शीर्ष स्थानमा उक्लिएको छ।डी ककले ३९ बलमा ६७ रन बनाएपछि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मुम्बई निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले सात विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

">