काठमाडौं। दश खेलाडीमा सीमित इन्टर मिलान र लाजियोले बराबरी खेल्दा इटालियन सिरीमा शीर्ष स्थानको एटलान्टाले सहज विजय हासिल गरेको छ।
१-१ को बराबरी खेलेको लाजियो र इन्टर खेल सकिँदा १० खेलाडीमा सीमित बनेका थिए। लाउटारो मार्टिनेजको गोलमा इन्टरले ३०औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा सर्जेज मिलिनकोभिच-साभिकले बराबरी गोल फर्काए।
७०औं मिनेटमा सिरो इमोबाइलले रातो कार्डको सामना गरेपछि लाजियो १० खेलाडीमा सीमित बन्यो भने खेल सकिन तीन मिनेट बाँकी हुँदा इन्टरका स्टेफानो सेन्सीले रातो कार्डको सामना गरे।
तीन खेलबाट सात अंक जाडेको इन्टर तेस्रो स्थानमा छ भने लाजियो चार अंकका साथ नवौं स्थानमा छ। सतप्रतिशत नतिजा निकालेको एटलान्टा शीर्ष स्थानमा छ।
एटलान्टाले आजै चाँडो गरी सम्पन्न खेलमा काग्लिएरीलाई ५-२ ले पराजित गर्यो। एटलान्टाका लागि लुइस मुरियल, एलेजान्द्रो गोमेज, मारियो पासालिक, डुबान जापाटा र साम लमर्सले गोल गरे। काग्लिएरीका डिएगो गोडिन र जोओ पेड्रोले गोल गरे।
" /> काठमाडौं। दश खेलाडीमा सीमित इन्टर मिलान र लाजियोले बराबरी खेल्दा इटालियन सिरीमा शीर्ष स्थानको एटलान्टाले सहज विजय हासिल गरेको छ।१-१ को बराबरी खेलेको लाजियो र इन्टर खेल सकिँदा १० खेलाडीमा सीमित बनेका थिए। लाउटारो मार्टिनेजको गोलमा इन्टरले ३०औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा सर्जेज मिलिनकोभिच-साभिकले बराबरी गोल फर्काए।

">