काठमाडौं। लगातार तीन जितसहित इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरूआत गरेको लेस्टर सिटी आज वेष्ट ह्यामसँग अप्रत्यासित रूपमा पराजित भएको छ। लेस्टर घरेलु मैदानमा ३-० ले पराजित भएको हो।
कोभिड-१९ संक्रमणका कारण वेष्ट ह्यामका प्रशिक्षक डेबिड मोयस आज पनि टचलाइनलमा थिएनन्। गत साता उल्भरह्याम्पटनमाथि ४-० को विजय हासिल गरेको वेष्ट ह्यामलाई आज लेस्टरले पनि रोक्न सकेन।
लेस्टरले पनि गत साता म्यानचेस्टर सिटीमाथि ५-२ को जित हासिल गरेको थियो। तर घरेलु मैदानमा वेष्ट ह्यामसँग त्यही प्रदर्शन दोहर्याउन सकेन। माकइल एन्टोनियोको गोलबाट वेष्ट ह्यामले १४औं मिनेटमा अग्रता लिएको थियो। ३४औं मिनेटमा पाब्लो फोर्नाल्सले अग्रता दोब्बर बनाए। ८३औं मिनेटमा जारेड बोवेनले तेस्रो गोल थपे।
इन्जुरी समयमा लेस्टरका हार्बे बार्नसले गोल फर्काए पनि भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो।
हारका बाबजुद चार खेलबाट ९ अंक जोडेको लेस्टर दोस्रो स्थानमा छ भने वेष्ट ह्याम ६ अंकका साथ छैटौं स्थानमा छ।
आजै साउथह्याम्पटनले लगातार दोस्रो जित निकाल्ने क्रममा वेष्ट ब्रोममाथि २-० को नतिजा निकाल्यो। साउथह्याम्पटनको जितमा माउसा जेनेपोले ४१ तथा ओरिओल रोमेउले ६९औं मिनेटमा गोल गरे।
जितसँगै चार खेलबाट ६ अंक जोडेको साउथह्याम्पटन दशौं स्थानमा छ भने एक अंक जोडेको वेष्ट ह्याम १९औं स्थानमा छ।