काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय तथा पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ।
एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई जम्मा चार लाख रूपैयाँ प्रदान गरिएको हो।
एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रूपैयाँ प्रदान गरिएको थियो।
क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो। उक्त रकम राईकी पत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरियो। स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ।
बास्केटबलकी सविता खड्कालाई एक लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई एक लाख र कबड्डीकी मनिषा विष्टलाई ७५ हजार रूपैयाँ प्रदान गरिएको थियो। तीनैलाई घुँडामा चोट लागेको थियो। मनिषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले २०६८ कल्याणकारी कोष स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कोषका सदस्यसचिव दीपक श्रेष्ठले बताए।
कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आइएको छ।
२०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो।
भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो। त्यसबाहेक समयस्यामा परेका खेलाडीलाई पनि विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
" /> काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय तथा पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ।एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई जम्मा चार लाख रूपैयाँ प्रदान गरिएको हो।

">