काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ४-० को विजय हासिल गरेको छ।
११ हजार ५०० दर्शक उपस्थित रंगशालामा डर्टमण्डले ३१औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो।
इमरे क्यानले ४७औं मिनेटमा अग्रता दोब्बर बनाए। २० वर्षे हालान्डले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। हालान्डको पासमा फेलिक्स पासलकले इन्जुरी समयमा अर्को गाल थपे।
म्यानचेस्टर युनाइटेडसँग जोडिएका जाडन सान्चो टीममा थिएनन्। उनको स्थान लिएका १७ वर्षे जियाभानी रेयनाले डर्टमण्डको जितमा प्रभावशाली प्रदर्शन गरे। उनले तीन हालान्ड र क्यानले गरेको तीन गोलमा अवसर सिर्जना गरिदिएका थिए।
यसअघि औग्सबर्ग र सुपर कपमा बायर्नसँग पराजित भएको डर्टमण्डले बुन्डेसलिगामा प्रभावशाली पुनरागमन गरेको छ। तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड तेस्रो स्थानमा छ। फ्रेइबर्ग ११औं स्थानमा छ। आरबी लाइपजिग सात अंकका साथ शीर्ष स्थानमा छ।
लाइपजिगले पनि गएराति साल्केलाई ४–० ले पराजित गर्‍याे।
त्यस्तै समान सात अंकका साथ दोस्रो स्थानमा रहेको फ्रांकफर्टले होफिनहेइमलाई २–१ ले हरायो। बोरुसिया मोन्चेनग्लाडबचले कोलनलाई ३–१ ले हराउँदा बायर लेभरकुसेन र भीएफबी स्टुटगार्टले १–१ को बराबरी खेले।
" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ४-० को विजय हासिल गरेको छ।
११ हजार ५०० दर्शक उपस्थित रंगशालामा डर्टमण्डले ३१औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो।
इमरे क्यानले ४७औं मिनेटमा अग्रता दोब्बर बनाए। २० वर्षे हालान्डले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। हालान्डको पासमा फेलिक्स पासलकले इन्जुरी समयमा अर्को गाल थपे।
म्यानचेस्टर युनाइटेडसँग जोडिएका जाडन सान्चो टीममा थिएनन्। उनको स्थान लिएका १७ वर्षे जियाभानी रेयनाले डर्टमण्डको जितमा प्रभावशाली प्रदर्शन गरे। उनले तीन हालान्ड र क्यानले गरेको तीन गोलमा अवसर सिर्जना गरिदिएका थिए।
यसअघि औग्सबर्ग र सुपर कपमा बायर्नसँग पराजित भएको डर्टमण्डले बुन्डेसलिगामा प्रभावशाली पुनरागमन गरेको छ। तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड तेस्रो स्थानमा छ। फ्रेइबर्ग ११औं स्थानमा छ। आरबी लाइपजिग सात अंकका साथ शीर्ष स्थानमा छ।
लाइपजिगले पनि गएराति साल्केलाई ४–० ले पराजित गर्‍याे।
त्यस्तै समान सात अंकका साथ दोस्रो स्थानमा रहेको फ्रांकफर्टले होफिनहेइमलाई २–१ ले हरायो। बोरुसिया मोन्चेनग्लाडबचले कोलनलाई ३–१ ले हराउँदा बायर लेभरकुसेन र भीएफबी स्टुटगार्टले १–१ को बराबरी खेले।
"> डर्टमण्डको जितमा हालान्डको दुई गोल: Dekhapadhi
डर्टमण्डको जितमा हालान्डको दुई गोल
काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ४-० को विजय हासिल गरेको छ।
११ हजार ५०० दर्शक उपस्थित रंगशालामा डर्टमण्डले ३१औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो।
इमरे क्यानले ४७औं मिनेटमा अग्रता दोब्बर बनाए। २० वर्षे हालान्डले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। हालान्डको पासमा फेलिक्स पासलकले इन्जुरी समयमा अर्को गाल थपे।
म्यानचेस्टर युनाइटेडसँग जोडिएका जाडन सान्चो टीममा थिएनन्। उनको स्थान लिएका १७ वर्षे जियाभानी रेयनाले डर्टमण्डको जितमा प्रभावशाली प्रदर्शन गरे। उनले तीन हालान्ड र क्यानले गरेको तीन गोलमा अवसर सिर्जना गरिदिएका थिए।
यसअघि औग्सबर्ग र सुपर कपमा बायर्नसँग पराजित भएको डर्टमण्डले बुन्डेसलिगामा प्रभावशाली पुनरागमन गरेको छ। तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड तेस्रो स्थानमा छ। फ्रेइबर्ग ११औं स्थानमा छ। आरबी लाइपजिग सात अंकका साथ शीर्ष स्थानमा छ।
त्यस्तै समान सात अंकका साथ दोस्रो स्थानमा रहेको फ्रांकफर्टले होफिनहेइमलाई २–१ ले हरायो। बोरुसिया मोन्चेनग्लाडबचले कोलनलाई ३–१ ले हराउँदा बायर लेभरकुसेन र भीएफबी स्टुटगार्टले १–१ को बराबरी खेले।
प्रतिक्रिया दिनुहोस्