काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गएराति शुरूमै लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा नवप्रवेशी लिड्स युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ।
भ्रमणकारी सिटीले रहिम स्टर्लिङको गोलबाट १७औं मिनेटमा अग्रता लिएको थियो। स्टर्लिङले फरान टोरेसको पासमा गोल गरेका थिए। ५९औं मिनेटमा लिड्सका रोड्रिगोले बराबरी गोल फर्काएका थिए।
उपाधि दाबेदार मानिएको सिटीले यस सिजन राम्रो शुरूआत गर्न सकेको छैन। पहिलो खेलमा उल्भरह्याम्पटनलाई ३-१ ले पराजित गरेको सिटी दोस्रो खेलमा लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो।
तीन खेलबाट चार अंक जोडेको सिटी ११औं स्थानमा छ। चार खेलबाट सात अंक जोडेको लिड्स पाँचौं स्थानमा छ। समान खेलबाट १२ अंक जोडेको एभर्टन शीर्ष स्थानमा छ।
गएराति नै कालुम विल्सनले गरेको दुई गोलप्रेरित न्युक्यासलले बर्नलीलाई ३-१ ले पराजित गर्यो। विल्सनले दुई गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। घरेलु टीम न्युक्यासलले एलान सेन्ट म्याक्सिमिनको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो।
एश्ले वेष्टउडको ६१औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको चार मिनेट नपाउँदै विल्सनले न्युक्यासललाई पुन अग्रता दिए। ७७औं मिनेटमा विल्सनले पेनाल्टीमा अर्को गोल थपेपछि न्युक्यासलले सहज जित दर्ता गरेको थियो।
न्युक्यासल सात अंकका साथ छैटौं स्थानमा छ भने अंक जोड्न नसकेको बर्नलीले १९औं स्थानमा छ।
" /> काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गएराति शुरूमै लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा नवप्रवेशी लिड्स युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ।भ्रमणकारी सिटीले रहिम स्टर्लिङको गोलबाट १७औं मिनेटमा अग्रता लिएको थियो। स्टर्लिङले फरान टोरेसको पासमा गोल गरेका थिए। ५९औं मिनेटमा लिड्सका रोड्रिगोले बराबरी गोल फर्काएका थिए।

">