काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) मा ५ हजार ५०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
अबुधाबीमा सम्पन्न राजस्थान रोयल्सविरुद्धको खेलमा कोहलीले अविजित ७२ रन बनाएका थिए। यससँगै उनले आईपीएलमा पाँच हजार ५०० रन पूरा गरेका हुन्।
कोहलीले १८१ खेलमा ३७.१९ को औसत तथा १३१.१२ को स्ट्राइक रेटमा पाँच हजार ५०० रन पूरा गरेका हुन्।
यस क्रममा कोहलीले ४८० चौका तथा १९० छक्का प्रहार गरेका छन्। कोहलीले पाँच शतक तथा ३६ अर्धशतक बनाएका छन्। आईपीएलमा कोहलीले बनाएको उच्च स्कोर ११३ हो।
कोहलीपछि सुरेश रैना दोस्रो स्थानमा छन्। रैनाले पाँच हजार ३६८ रन बनाएका छन्। व्यक्तिगत कारणले रैनाले जारी संस्करणबाट नाम फिर्ता लिएका थिए। तेस्रो स्थानमा मुम्बई इन्डियन्सका रोहित शर्मा छन्।
कोहलीको अविजित ७५ तथा देवदत्त पाडिक्कलको ६३ रनप्रेरित बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्याे। कोहली र देवदत्तबाहेक बैंगलोरका एबी डी भिलियर्सले अविजित १२ तथा एरोन फिन्चले आठ रन बनाए।
बैंगलोरले १५५ रनको लक्ष्य १९.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
राजस्थानका महिपाल लोमरोरले ४७, जोस बट्लरले २२ र राहुल टेवाटियाले अविजित २४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
बैंगलोरका युजभेन्द्र चाहलले तीन, इसुरु उडानाले दुई तथा नाभदीप सैनीले एक विकेट लिए। जितसँगै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ।
बैंगलोरले चार खेलबाट ६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मुम्बईको चार अंक छ। राजस्थान रोयल्स चार अंकका साथ छैटौं स्थानमा छ।
" /> काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) मा ५ हजार ५०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।अबुधाबीमा सम्पन्न राजस्थान रोयल्सविरुद्धको खेलमा कोहलीले अविजित ७२ रन बनाएका थिए। यससँगै उनले आईपीएलमा पाँच हजार ५०० रन पूरा गरेका हुन्।

">