बागलुङ। व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका-६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए।

प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन्। बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ। “शुरुमा भर्नासहित दुई हजार रुपैयाँ शुल्क तोकेको छौँ, त्यसपछि मासिक १५ सय रुपैयाँ तिरे पुग्छ,” उनले भने।

भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदय बम मल्लले प्रशिक्षण दिने छ। ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए।

मासिक पाँच हजार रुपैयाँ भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ। खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनु छ,” अध्यक्ष श्रीसले भने।

गलकोटको भू-वनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ। भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ। सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई लोभ्याउँछ। मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला/साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ। विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ। अहिले प्रशिक्षण लिइरहेका युवक/युवती पनि कम उमेरका छन्।

गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ। गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका-१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँश्य पदक हासिल गरेकी थिइन्। यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। गम्भीर भण्डारी, योगेश भण्डारीलगायतका पुराना खेलाडीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए।

जिल्ला भलिबल संघका अध्यक्षसमेत रहेका श्रीसले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताए। यसअघि बिहीबार प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए। उनले खेल क्षेत्रको उत्थानमा नगरपालिका सधैँ सहयोगी बन्ने प्रतिबद्धता जनाएका थिए। रासस

" /> बागलुङ। व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका-६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए।

"> बागलुङकाे गलकोटमा खुल्याे भलिबल प्रशिक्षण केन्द्र: Dekhapadhi व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका-६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ।
• मासिक पाँच हजार रुपैयाँ भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको जानकारी।
• प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन्।

फाइल तस्विर
बागलुङकाे गलकोटमा खुल्याे भलिबल प्रशिक्षण केन्द्र
बागलुङ। व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका-६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए।

प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन्। बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ। “शुरुमा भर्नासहित दुई हजार रुपैयाँ शुल्क तोकेको छौँ, त्यसपछि मासिक १५ सय रुपैयाँ तिरे पुग्छ,” उनले भने।

भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदय बम मल्लले प्रशिक्षण दिने छ। ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए।

मासिक पाँच हजार रुपैयाँ भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ। खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनु छ,” अध्यक्ष श्रीसले भने।

गलकोटको भू-वनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ। भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ। सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई लोभ्याउँछ। मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला/साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ। विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ। अहिले प्रशिक्षण लिइरहेका युवक/युवती पनि कम उमेरका छन्।

गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ। गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका-१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँश्य पदक हासिल गरेकी थिइन्। यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। गम्भीर भण्डारी, योगेश भण्डारीलगायतका पुराना खेलाडीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए।

जिल्ला भलिबल संघका अध्यक्षसमेत रहेका श्रीसले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताए। यसअघि बिहीबार प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए। उनले खेल क्षेत्रको उत्थानमा नगरपालिका सधैँ सहयोगी बन्ने प्रतिबद्धता जनाएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्