काठमाडौं। राफेल नाडालले गएराति फ्रेन्च ओपनको तेस्रो चरणमा सहज विजय हासिल गर्दै उपाधिमा बलियो दाबेदारी पेस गरेका छन्। स्पेनका नडालले इटालीका स्टेफानो ट्राभागलियालाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।
पेरिसस्थित फिलिप कार्टियर कोर्टमा ३४ वर्षीय नाडालले ६-१, ६-४, ६-० को सेटमा विजय हासिल गरेका हुन्। नाडाल कीर्तिमानी १३औं फ्रेन्च ओपन जित्ने लक्ष्यमा छन्।
‘‘स्टेफानो जस्तो खेलाडीलाई यो स्कोरमा पराजित गर्नु भनेको म राम्रो लयमा छु भन्ने हो,’’ दोस्रो वरीयताका नाडालले भने, ‘‘अघिल्ला दिनहरूमा भन्दा मैले धेरै आक्रामक टेनिस खेलेको छु। यसबाट म खुसी छु।’’
नाडालले अब क्वार्टरफाइनल प्रवेशका लागि सेबास्टिन कोर्डाविरुद्ध खेल्ने छन्। अमेरिकाका २० वर्षीय कार्डा पहिलोपटक फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका हुन्। उनले स्पेनका पेड्रो मार्टिनेजलाई पराजित गरेका हुन्। कोर्डाले ६-४, ६-३, ६-१ को सेटमा विजय हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
" /> काठमाडौं। राफेल नाडालले गएराति फ्रेन्च ओपनको तेस्रो चरणमा सहज विजय हासिल गर्दै उपाधिमा बलियो दाबेदारी पेस गरेका छन्। स्पेनका नडालले इटालीका स्टेफानो ट्राभागलियालाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।पेरिसस्थित फिलिप कार्टियर कोर्टमा ३४ वर्षीय नाडालले ६-१, ६-४, ६-० को सेटमा विजय हासिल गरेका हुन्। नाडाल कीर्तिमानी १३औं फ्रेन्च ओपन जित्ने लक्ष्यमा छन्।

">