काठमाडौं। लिभरपुलका फरवार्ड सडियो माने कोरोनाभाइरस संक्रमित भएका छन्। कोरोनाभाइरस परीक्षणको नतिजा पोजिटिभ आएपछि माने सेल्फ आइसोलेसनमा बसेका छन्।
लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोनाभाइरस संक्रमित भएको तीन दिनपछि माने संक्रमित भएको लिभरपुलले जनाएको छ। लिभरपुलले सेनेगलका फरवार्ड मानेमा समान्य लक्षण देखिएको जनाएको छ। तथापि, अहिले मानेको स्वास्थ्य राम्रो भएको लिभरपुलले जनाएको छ।
२८ वर्षीय मानेले गत सोमबार आर्सनललाई ३-१ ले पराजित गरेको खेल खेलेका थिए। तर माने बिहीबार लिग कपमा आर्सनलविरुद्ध भने टीममा थिएनन्।
लिभरपुलले विज्ञप्तिमा भनेको छ, ‘‘कोभिड-१९ को सबै प्रोटोकल पालना गरेका छौं। माने निर्धारित समयका लागि सेल्फ आइसोलेसनमा बस्छन्।’’
मानेले जारी सिजन लिभरपुलका लागि तीन गोल गरिसकेका छन्। उनले अब प्रिमियर लिगमा एस्टनभिल्लाविरुद्धको खेल गुमाउने छन्। मानेले अक्टोबर १७ मा एभर्टनमा हुने मर्सीसाइट डर्बी खेल पनि गुमाउने छन्।
प्रिमियर लिगले गत सोमबार दश खेलाडी कोरोनाभाइरस संक्रमित भएको जनाएको थियो।
" /> काठमाडौं। लिभरपुलका फरवार्ड सडियो माने कोरोनाभाइरस संक्रमित भएका छन्। कोरोनाभाइरस परीक्षणको नतिजा पोजिटिभ आएपछि माने सेल्फ आइसोलेसनमा बसेका छन्।लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोनाभाइरस संक्रमित भएको तीन दिनपछि माने संक्रमित भएको लिभरपुलले जनाएको छ। लिभरपुलले सेनेगलका फरवार्ड मानेमा समान्य लक्षण देखिएको जनाएको छ। तथापि, अहिले मानेको स्वास्थ्य राम्रो भएको लिभरपुलले जनाएको छ।

">