काठमाडौं। भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्। व्यक्तिगत कीर्तिमान बनाउन सफल भए पनि धोनीले आफ्नो टीम चेन्नई सुपर किंग्सलाई जिताउन भने असफल रहे।
धोनीको चेन्नई सनराइजर्स हैदरावादसँग सात रनले पराजित भयो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
जितसँगै हैदरावाद लिगको चौथो स्थानमा उक्लिएको छ। हैदरावादको यो दोस्रो जित हो। हैदरावादले चार खेलबाट चार अंक जोडेको छ। समान चार अंकको मुम्बई इन्डियन्स रनरेटको आधरमा शीर्ष स्थानमा छ। समान तीन खेलबाट चार अंक जोडेका दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। चार खेलबाट दुई अंक जोडेको चेन्नई पुछारमा छ।
धोनीले आफ्नै टीमका सुरेश रैनाको कीर्तिमान तोडेका हुन्। धोनीको यो १९४औं खेल हो। धोनीले आईपीएलका सबै संस्करण खेलेका छन्। धोनीले ११ संस्करणमै कप्तानीको जिम्मेवारी सम्हालेका छन्। उनले दुई सिजन राइजिङ पुने सुपरजायन्टको कप्तानी गर्नुबाहेक सबै संस्करणमा चेन्नईको कप्तानी सम्हालेका छन्। चेन्नईबाट धोनीको यो १६४औं खेल हो। रैनाले व्यक्तिगत कारण जारी संस्करण आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका थिए।
आईपीएल इतिहासमा रोहित शर्मापछि धोनी दोस्रो सफल कप्तान हुन्। धोनीको कप्तानीमा चेन्नईले तीन आईपीएल उपाधि जितेको छ। चेन्नई सबै गरेर आठ पटक फाइनल खेलेको छ। धोनीले व्यक्तिगत रूपमा नौ वटा फाइनल खेलेका छन्।
तथापि, एउटै टीमबाट धेरै आईपीएल खेल्ने कीर्तिमान भने भारतका कप्तान विराट कोहलीको नाममा छ। कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरबाट १८० खेले खेलेका छन्।
" /> काठमाडौं। भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्। व्यक्तिगत कीर्तिमान बनाउन सफल भए पनि धोनीले आफ्नो टीम चेन्नई सुपर किंग्सलाई जिताउन भने असफल रहे।धोनीको चेन्नई सनराइजर्स हैदरावादसँग सात रनले पराजित भयो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

">