काठमाडौं। शीर्ष वरीयता प्राप्त सिमोना हालेपले अमेरिकाकी युवा खेलाडी अमान्डा अनिसिमोभामाथि सहज विजय हासिल गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाउन सफल भएकी छिन्।
रोमानियाकी २९ वर्षीया हालेपले अनिसिमोभालाई हराउन ५४ मिनेट समय लगाएकी थिइन्। पेरिसमा जारी प्रतियोगितामा हालेपले ६-०, ६-१ को सेटमा विजय हासिल गरेकी थिइन्। हालेपले पहिलो ग्राण्ड स्लाम उपाधि २०१८ मा फ्रान्च मै जितेकी थिइन्।
हालेपले अब पोल्यान्डकी इगा स्वितेकविरूद्ध प्रतिस्पर्धा गर्ने छिन्।
तेस्रो वरीयता प्राप्त एलिना स्भितोलिनाले पनि सोझो सेटमा विजय हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएकी छिन्। युक्रेनकी २६ वर्षीया स्भितोलिनाले रूसकी इकातेरिना एलेसान्द्रोभालाई हराउन ४० मिनेट समय लगाएकी थिइन्। स्भितोलिनाले ६-४, ७-५ को सेटमा विजय हासिल गरेकी हुन्।
" /> काठमाडौं। शीर्ष वरीयता प्राप्त सिमोना हालेपले अमेरिकाकी युवा खेलाडी अमान्डा अनिसिमोभामाथि सहज विजय हासिल गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाउन सफल भएकी छिन्।रोमानियाकी २९ वर्षीया हालेपले अनिसिमोभालाई हराउन ५४ मिनेट समय लगाएकी थिइन्। पेरिसमा जारी प्रतियोगितामा हालेपले ६-०, ६-१ को सेटमा विजय हासिल गरेकी थिइन्। हालेपले पहिलो ग्राण्ड स्लाम उपाधि २०१८ मा फ्रान्च मै जितेकी थिइन्।

">