काठमाडौं। एसी मिलानले गएराति सम्पन्न रोमाञ्चक खेलमा रियो एभलाई पेनाल्टी सुटआउटमा ९-८ ले हराउँदै युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ।
निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो। मिलानले ५१औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। एलेक्सिस साइलेमाकर्सको गोलमा मिलानले अग्रता लिएको थियो।
७२ मिनेटमा चिको गेराल्डस्ले बराबरी गोल फर्काए। थप ३० मिनेटमा दुवै टीमले १-१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो।
९१औं मिनेटमा गेल्सनले गरेको गोलमा रियो एभले अग्रता लिएको थियो। १२०औं मिनेटमा मिलानले पेनाल्टी अवसर पायो। त्यसलाई हकन काल्हानोग्लुले बराबरी गोल फर्काए।
त्यसपछि पेनाल्टीमा सुटआउटमा इटालियन सिरी ‘ए’ क्लब मिलानले ९–८ को नतिजा निकाल्दै युरोपा लिगको समूह चरणमा स्थान बनायो। यरोपा लिगको लिगको ‘ड्र’ शुक्रबार हुनेछ।
" /> काठमाडौं। एसी मिलानले गएराति सम्पन्न रोमाञ्चक खेलमा रियो एभलाई पेनाल्टी सुटआउटमा ९-८ ले हराउँदै युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ।निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो। मिलानले ५१औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। एलेक्सिस साइलेमाकर्सको गोलमा मिलानले अग्रता लिएको थियो।

">