काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको क्वार्टरफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्ने भएको छ।
गएराति सम्पन्न चौथो चरणको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट आएको हो।
पेनाल्टी सुटआउटमा लिभरपुलका डिभोक ओरिगी र ह्यारी विल्सनले गोल गरेनन्। आर्सनलका मोहमेद इल्नेनीले पनि गोल गरेनन्। सिटीले बर्नलीलाई ३-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
लिग कपको अन्य क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै टोटेनह्यामले स्टोक सिटीको भ्रमण गर्नेछ। त्यस्तै ब्रेन्टफोर्डले भने न्युक्यासल युनाइटेडविरुद्ध घरेलु मैदानमा खेल्नेछ।
" /> काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको क्वार्टरफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्ने भएको छ।गएराति सम्पन्न चौथो चरणको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट आएको हो।

">