काठमाडौं। चोटका कारण तीन पटकका विजेता सेरेना विलियम्सले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन्। सेरेनाको खुट्टामा चोट लागेको हो।
३९ वर्षीया सेरेनाले बुधबार दोस्रो चरणमा बुल्गेरियाकी स्भेताना पिरोनकोभासँग खेल्ने तालिका थियो। अमेरिकाकी सेरेनाले २३ ग्राण्ड स्लाम उपाधि जितिसकेकी थिइन्। उनी कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा थिइन्।
‘‘मलाई लाग्छ चारदेखि ६ सातासम्म आराम गर्नुपर्छ,’’ सेरेनाले भनिन्, ‘‘मलाई हिँड्न पनि गाह्रो भएको छ।’’
यही महिनाको सुरूमा युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अजरेन्काविरुद्ध खेल्नेक्रममै सेरेनाको खुट्टामा चोट लागेको थियो।
सेरेनाले सोमबार आफ्नै देश अमेरिकाकी क्रिष्टी आनलाई ७-६(७/२), ६-० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी थिइन्।
‘‘यस वर्ष अर्को प्रतियोगिता खेल्न सक्छु कि सक्दिन म अहिले नै भन्न सक्दिन,’’ सेरेनाले भनिन्, ‘‘मेरो अहिले खराब समय चलिरहेको छ। मलाई भाग्यले साथ दिएको छैन।’’
सेरेनाले २००२, २०१३ र २०१५ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। सेरेनाको प्रतिद्वन्द्वी ३३ वर्षे पिरोनकोभाले तेस्रो चरणमा स्थान बनाएकी छिन्। उनी फ्रेन्च ओपनको तेस्रो चरणमा पुगेको यो तेस्रो पटक हो।
" /> काठमाडौं। चोटका कारण तीन पटकका विजेता सेरेना विलियम्सले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन्। सेरेनाको खुट्टामा चोट लागेको हो।३९ वर्षीया सेरेनाले बुधबार दोस्रो चरणमा बुल्गेरियाकी स्भेताना पिरोनकोभासँग खेल्ने तालिका थियो। अमेरिकाकी सेरेनाले २३ ग्राण्ड स्लाम उपाधि जितिसकेकी थिइन्। उनी कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा थिइन्।

">