काठमाडौं। फ्रेन्च ओपनमा १२ पटकको विजेता राफेल नाडालले अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका छन्।
दोस्रो वरियता प्राप्त स्पेनका ३४ वर्षे नाडालले म्याकडोनाल्डलाई ६-१, ६-०, ६-३ को सेटमा हराएका हुन्। १९ पटकको ग्राण्ड स्लाम विजेता नाडालले २००५ पछि फ्रेन्च ओपनमा दुई खेलमात्र पराजित छन्।
नाडालले अब इटालीका स्टेफानो ट्राभाग्लियासँग प्रतिस्पर्धा गर्नेछन्। ट्राभाग्लियाले जापानका काई निशिकोरीलाई ६-४, २-६, ७-६(९/७), ४-६, ६-२ को सेटमा हराएका थिए।
छैटौं वरियता प्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभले पनि तेस्रो चरणमा स्थान बनाए। जेभेरेभले फ्रान्सका पिइरे-ह्युज हबर्टलाई पराजित गर्न चार घण्टा संघर्ष गर्नुपरेको थियो। जेभेरेभले हबर्टलाई २-६, ६-४, ७-६(७/५), ४-६, ६-४ को सेटमा हराएका हुन्।
पूर्वविजेता स्टेन वावरेन्काले जर्मनीका डोमिनिक कोइफरलाई ६-३, ६-२, ३-६, ६-१ को सेटमा हराए।
युएस ओपन विजेता डोमिनिक थिम र डिएगो स्चवाटर्जमनले पनि तेस्रो चरणमा स्थान बनाए। तेस्रो वरियता प्राप्त थिमले अमेरिकाका ज्याक सोकलाई ६-१, ६-३, ७-६(८/६) को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन्।
" /> काठमाडौं। फ्रेन्च ओपनमा १२ पटकको विजेता राफेल नाडालले अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका छन्।दोस्रो वरियता प्राप्त स्पेनका ३४ वर्षे नाडालले म्याकडोनाल्डलाई ६-१, ६-०, ६-३ को सेटमा हराएका हुन्। १९ पटकको ग्राण्ड स्लाम विजेता नाडालले २००५ पछि फ्रेन्च ओपनमा दुई खेलमात्र पराजित छन्।

">