काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेलाई कोरोना भाइरस संक्रमण भएको छ।
अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरका अनुसार अनन्तलाई तीन दिनअघि गरिएको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ देखिएको हो। उनी अहिले होम आइसोलेसनमा बसेका छन्। घिमिरेको स्वास्थ्य सामान्य रहेको बताइएको छ।
एन्फामा कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएको यो पहिलो हो। यसअघि पुरुष टीमका खेलाडी एरिक विष्टमा कोभिड-१९ पोजेटिभ देखिएको थियो।
अनन्तको परिवारमा बुबा र बहिनीलाई पनि कोभिड-१९ को परिक्षण पोजेटिभ आएको थियो।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेलाई कोरोना भाइरस संक्रमण भएको छ।अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरका अनुसार अनन्तलाई तीन दिनअघि गरिएको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ देखिएको हो। उनी अहिले होम आइसोलेसनमा बसेका छन्। घिमिरेको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

">