काठमाडौं। जोशुवा किमिचले अन्तिम समयमा गरेको निर्णायक गोलमा बायर्न म्युनिखले गएराति बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ।
बायर्नले एक साताअघि मात्र सेभियालाई हराउँदै युईएफए सुपर कपको उपाधि जितेको थियो। तर, यसअघि आइतबार जर्मन बुन्डेसलिगामा भने बायर्न होफिनहेइमसँग आश्चर्यजनक रुपमा ४-१ ले पराजित भएको थियो।
गएराति एलिनाज एरिनामा बायर्नले कोरेन्टिन टोलिसोको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। ३२औं मिनेटमा थोमस मुलरले अग्रता दोब्बर बनाए। मुलरले अल्फान्सो डेभिसको पासमा गोल गरेका थिए।
३९औं मिनेटमा युलियन ब्रान्डको गोलबाट डर्टमण्डले पुनरागमन गर्यो। ५५औं मिनेटमा इर्लिङ ब्राउट हालान्डले बराबरी गोल फर्काए। खेल सकिन आठ मिनेट बाँकी हुँदा किमिचले गरेको गोल निर्णायक बन्यो।
बायर्नले गत सिजन जर्मन बुन्डेसलिगा, सुपर कप र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
" /> काठमाडौं। जोशुवा किमिचले अन्तिम समयमा गरेको निर्णायक गोलमा बायर्न म्युनिखले गएराति बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ।बायर्नले एक साताअघि मात्र सेभियालाई हराउँदै युईएफए सुपर कपको उपाधि जितेको थियो। तर, यसअघि आइतबार जर्मन बुन्डेसलिगामा भने बायर्न होफिनहेइमसँग आश्चर्यजनक रुपमा ४-१ ले पराजित भएको थियो।

">